ताजा अपडेट »

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

शनिबार, ०२ कार्तिक २०७६, १४ : २१
4 Shares

कार्तिक २,
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ। उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भूभागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन बाहिरिएसँगै निरन्तर न्युनतम तापक्रम घट्नेक्रम सुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए। राति देशका पूर्वी भूभागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भूभागमा आङ्शिक बदली भई मध्यपहाडी भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भूभागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २५.२ डिग्री सेल्सियस रहेको छ। पोखराको न्यूनतम तापक्रम १८.२ र अधिकमत तापक्रम २८.० डिग्री रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ। रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।