ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिग : रुपन्देही ४६ रनले विजय

शनिबार, ०२ कार्तिक २०७६, १२ : ४४
10 Shares

कार्तिक २,
ग्लोबल आवाज

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा जारी सर्वोतम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आजको पहिलो खेलमा रुपन्देही पल्टनले जित दर्ता गरेको छ । रुपन्देहीले र तिनाउ टाइटनलाई ४६ रनले पराजित गरेको होे । जितका लागि रुपन्देहीले निधार्रित २० मा ६ विकेट गुमाएर १७२ रनको योगफल तयार पारेको थियो । रुपन्देहीका लागि विराज भटट्राई ५० बलको सामान गर्दै ६१ रनको योगदान गरेका थिए । ४१ बलको सामान गरेका कुशल भुत्तेलले ५९ रनको योगदान गरेका थिए भने दिपेन्द« सिंह ऐरीले १३ बलमा २१ रन बनाएका थिए । रुपन्देहीका लागि अन्य व्याटसम्यानहरु विक्रम भुषालले ९ , दिनेश मगर ३ तथा रुपेश कुर्मीले २ रन बनाएका थिए ।

तिनाउ टाइटनसको तर्फबाट सुबाश बिकेले सर्वाधिक ३ विकेट लिएका थिए । उनले ४ ओभरको खेलमा २१ रन खर्चिएका थिए । अजय कुमार लुनियाले ४ ओभरमा ३१ रन खर्चिदै २ विकेट लिएका थिए भने सुसान श्रेष्ठले २ ओभरमा २१ रन खर्चिएर १ विकेट लिए । १७३ रनको बिजय लक्ष्य पाएको टाइटनले निधार्रित २० ओभरमा सबै विकेट गुमाएर १२६ रनमा समेटिएको थियो । तिनाउका लागि मान बहादुर थापाले ३० बलको सामान गर्दै ५३ रन बनाएका थिए । प्रकाश केसीले २५ , जयसिर आलमले १८ रोशन थामी १४ बाहेक अन्य व्याटसम्यानले दोहोरो अकं बटुलन नसक्दा तिनाउने हार ब्यहोर्नु परेको हो । तिनाउलाई रोक्ने क्रममा रुपन्देहीका रुपेश कुर्मीले ४ ओभरमा १८ रन खर्चिदै सर्वाधिक ४ विकेट लिएका थिए । कृष्ण पराजुलीले ४ ओभरमा २१ रन खर्चिदै ३ विकेट लिए भने विक्रम भुषाल र दिलिप कुर्मीले समान १ एक विकेट लिएका थिए । प्रतियोगितामा रुपन्देहीका विराज भण्डारी म्यान अफ दि म्याच घोषित भएका छन भन्ने कुशल भुत्तेल मस्ट भ्यालुएवल प्लेयर घोषित भए । यसैबिच आज नै हुने दा्रसो खेलमा सियारी राइनो र सुपर इलाभेन भैरहवा बिच खेल हुने छ ।

१७३ रनको बिजय लक्ष्य पाएको टाइटनले निधार्रित २० ओभरमा सबै विकेट गुमाएर १२६ रनमा समेटिएको थियो । तिनाउका लागि मान बहादुर थापाले ३० बलको सामान गर्दै ५३ रन बनाएका थिए । प्रकाश केसीले २५ , जयसिर आलमले १८ रोशन थामी १४ बाहेक अन्य व्याटसम्यानले दोहोरो अकं बटुलन नसक्दा तिनाउने हार ब्यहोर्नु परेको हो । तिनाउलाई रोक्ने क्रममा रुपन्देहीका रुपेश कुर्मीले ४ ओभरमा १८ रन खर्चिदै सर्वाधिक ४ विकेट लिएका थिए । कृष्ण पराजुलीले ४ ओभरमा २१ रन खर्चिदै ३ विकेट लिए भने विक्रम भुषाल र दिलिप कुर्मीले समान १ एक विकेट लिएका थिए । प्रतियोगितामा रुपन्देहीका विराज भण्डारी म्यान अफ दि म्याच घोषित भएका छन भन्ने कुशल भुत्तेल मस्ट भ्यालुएवल प्लेयर घोषित भए । यसैबिच आज नै हुने दोस्रो खेल सियारी राइनो र सुपर इलाभेन भैरहवा बिच खेल हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।