२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

कात्तिक २ ,

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय निकायका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाउने कार्यक्रम रहेको बताउनुभयो । पराजुलीले भिटामिन ए सँंगै महिला स्वास्थ्य स्वयंसेविकाबाट छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिने जानकारी दिनुभयो । उहाँले छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजनासमेत रहेको बताउनुभयो । भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालित गरिने छ ।  

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार