ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिग : शंकरनगर पराजित, ज्ञानोदय सेमिफाइनलमा

शुक्रबार, ०१ कार्तिक २०७६, १७ : २०
6 Shares


कार्तिक १,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा सियारी राइनोज् बिजयी भएको छ । सियारिले शंकरनगरलाई ७ विकेटले पराजित गरेको हो । रोयल शंकरनगरले दिएको ४५ रनको झिनो बिजयी लक्ष्यलाई सियारी राइनोज्ले ५ ओभर चल्दै गर्दा ३ विकेटको क्षतीमा पूरा गरेको हो । बर्षाका कारण ढिलो गरि शुरु भएको खेल ८ ओभरमा भएको थियो । प्रतियोगितामा यम क्षेत्रीले म्यान अफ द म्याच र बिकाश श्रेष्ठले मष्ट भ्यालुएवल प्लेयरको उपाधि प्राप्त गरे ।

त्यस्तै आजै भएको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्ड्स ४७ रनले बिजय भएको छ । टस जितेर व्याटिङ गरेको रेन्बोले ६ बिकेटको क्षतिमा १४४ रन बनाएको थियो । १४५ रनको लक्ष्य पाएको बुटवल यूनाइटेट १४ दशमलब ३ बलमा ९७ ९७ रनमा समेटिएको थियो । जितसँगै रेन्वो सेमिफाइनलको बलियो दाबेदार बनेको छ । रेन्बो ज्ञानोदयले लिगमा खेलेका सबै खेलमा जित निकालेको छ ।

प्रतियोगिताअन्तर्गत भोलीको पहिलो खेल रुपन्देही पल्टन्स् र तिनाउ टाइटन्स् बीच हुनेछ भने दोस्रो खेल सियारी राइनोज् र शुपर ११ भैरहवा बीच हुनेछ । प्रदेश स्तरको सबैभन्दा ठूूलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्ने प्रतियोगिताका संयोजक दिपक भुर्तेलले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।