२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

कार्तिक १,
काठमाडौँ । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा युवती समूहको सक्रियतामा वालविवाह रोकिएको छ । नगरको वडा नं ६ की १८ वर्षीया किशोरीले उमेर नपुगी गरिएको वालविवाह सोही वडामा गठित लालीगुराँस अविवाहित युवती समूहले वडा सरकारको रोहवरमा विवाह वदर गराई माइतीमा फिर्ता गराएको छ ।

Advertisement

समूहकी युवतीले वडा नं ६ का अध्यक्ष टक्कवहादुर फर्साल र सान्नीत्रिवेणी गाउँपालिका वडा नं १ का अध्यक्ष भरतवहादुर बिकको रोहवरमा लिखित कागज गराएर उमेर पुगेपछि सोही विबाह कायम हुने शर्तमा वालबिवाह बदर गरिएको हो । किशोरीले सान्नीत्रिवेणी गाउँपालिका वडा नं १ का एक युवासंग भाग्दै गर्दा युवतीले सूचना पाएपछि उनीहरुलाई समातेर फिर्ता गराएका थिए । दुवै पक्षका वडा सरकारलाई बोलाएर लिखित कागजका बनाएर उमेर नपुगी गरिएको विवाह बदर गराइएको किर्डाक नेपाल कालिकोटका सामाजिक परिचालक छाया केसीले बताउनुभयो ।

किर्डाकले रास्कोटका सबै वडामा प्रजनन् स्वास्थ्यका साथै सानै उमेरमा विवाह गर्दाका असर र वालविवाह न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको छ । उमेर नपुगी विवाह गर्न घर छोडेकी किशोरी सबैको सामु आफूले अन्जानमा भूल गरेको भन्दै अब परिपक्व उमेरमा मात्र विवाह गर्ने प्रतिक्रिया दिएपछि विवाह वदर गर्न सबैलाई सजिलो भएको वडा नं ६ का वडाअध्यक्ष टक्कबहादुर फर्सालले बताउनुहुन्छ । उहाँले पहिलाको तुलानामा निकै कमी आए पनि लुकिछिपी वालविवाह हँुदा त्यस्ता बालविवाह फिर्ता गराउने अभियान सरकार र गैरसरकारी सस्था किर्डाक नेपाल कालिकोटले जारी राखेको उहाँको भनाइ छ ।

यसअघि पनि सोही वडामा वालविवाह हुन लागेको थाहा पाएर पहिला नै युवतीको समूहले जानकारी गराएपछि दुबै केटी र केटा पक्षका अविभावकलाई बोलाएर विवाह बदर गरी उमेर पुगेपछि मात्र विवाह गर्न र गराउन लिखित कागज गराइएको थियो । सेभ द चिल्ड्रेनको सहयोग तथा स्थानीय सरकारको समन्वयमा किर्डाकले कालिकोटमा वालविवाह न्यूनीकरणका लागि जिल्लाव्यापी अभियान चलाइरहेको छ । – गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित