ताजा अपडेट »

विधिवत् रुपमा सम्पन्न हुँदै विवाहपञ्चमी महोत्सव

विहीबार, २३ मंसिर २०७८, १० : ३५
4 Shares

जनकपुरधाम । धार्मिक तथा ऐतिहासिक  सीताराम विवाहपञ्चमी महोत्सव आज बिहीबार विधिवत् रूपमा सम्पन्न हुँदै छ । महोत्सवको मूख्य आकर्षण भगवान राम र सीताको स्वय‌ंवर विवाह बुधवार राती सम्पन्न पश्चात बिहीबार रामकलेवा हुँदै महोत्सव सम्पन्न हुने जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।

रामकलेवामा जन्तीको रूपमा भारतको अयोध्यासहितका स्थानबाट आएका सन्तमहन्थहरूलाई जानकी मन्दिरले भोज खुवाई दक्षिणासमेत दिएर बिदाइ गर्ने चलन छ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झना स्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाहपञ्चमी  महोत्सवमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट आएका श्रद्धालुभक्तजनहरू बिहानैदेखि घर फर्किरहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।