ताजा अपडेट »

ओमिक्राेन बिरामीले भरिए अस्पताल

मंगलबार, २१ मंसिर २०७८, १३ : ५९
6 Shares

केप टाउन । काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापाेसाले सम्पूर्ण नागरिकहरुलाई खाेप लगाउन आह्वान गरेका छन् । यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकाेमा पछिल्लाे २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् । 

दक्षिण अफ्रिकाकाे सरुवा राेगका लागि राष्ट्रिय संस्था (एनआइसीडी) का अनुसार पछिल्लाे समयमा संक्रमणमा भएकाे बृद्धि अप्रत्यासित हाे । देश काेभिडकाे चाैथाे लहरमा प्रवेश गरिसकेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ' दुर्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीकाे संख्या दाेब्बरले बढेकाे छ,' संक्रमक राेग विज्ञ इयान साने भन्छन् । 

संक्रमितकाे संख्यामा बृद्धि भएकाेले त्यसका लागि तयारी हुन उनले अस्पताललाई आग्रह गरेका छन् । अस्पतालमा पर्याप्त अक्सिजनकाे व्यवस्था गर्नुपर्ने उनकाे सुझाव छ ।  दक्षिण अफ्रिकाकाे मेडिकल रिसर्च काउन्सीलका प्रमुख डा फरिद अब्दुल्लाहले जाेहेनसवर्ग र तास्वानेमा अस्वभाविक रुपमा संक्रमित बढेकाे बताएका छन् । देशकै सबैभन्दा ठूला सहर रहेकाे गउटेन प्रान्तमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । 

अधिकांश विरामीले खाेप नलगाएकाे र डरलाग्दाे संख्यामा बालबालिका संक्रमित भएकाे चिकित्सकहरुले बताएका छन् । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।