ताजा अपडेट »

न्यानो घर निर्माणमा आर्थिक अभाव

मंगलबार, २१ मंसिर २०७८, १३ : २९
2 Shares

पाल्पा । पाल्पा, तानसेन नगरपालिका–९ दमकडाका ज्येष्ठ नागरिकका लागि निर्माण गर्न लागिएको न्यानो घरका लागि आर्थिक अभाव भएको छ । आर्थिक अभाव भएपछि तीन तले भवनको एक तला मात्र निर्माण गरिएको छ । दुई तला आर्थिक अभावले निर्माण गर्न नसकिएको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले बताए । तानसेन नगरपालिकाको आर्थिक सहयोगमा उक्त भवन निर्माण थालिएको हो । भवन निर्माण सम्पन्न भएपछि वृद्धवृद्धाका लागि इन्टरनेटसहित हेरालुको व्यवस्था गर्ने लक्ष्य रहेको बञ्जाडेले बर्ताए । रु ३० लाख लागतको सो भवन गत असारमा सम्पन्न गर्नुपर्ने लक्ष्य थियो ।

न्यानो घर निर्माण नहुँदा वृद्धवृद्धा समस्यामा परेका छन् । स्थानीय सरकारले समयमा नै भवन निर्माण पूरा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । वृद्धवृद्धालाई दिनभर घरमा बसिबसी समय बिताउन समस्या हुने गरेको छ । “आफ्ना समकक्षीसँग अनुभव आदनप्रदान गर्न गरी समय बिताउन सहज हुने छ”, बञ्जाडेले भने । तानसेनका नगर प्रमुख अशोककुमार शाही सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाभत्ता बाहेक अन्य क्षेत्रमा सहयोग गर्न नसकेको अवस्थामा नगरपालिकाले न्यानो घरको अवधारणा अघि बढाएको बताउँछन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।