ताजा अपडेट »

प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त

मंगलबार, २१ मंसिर २०७८, १२ : ४६
6 Shares

सप्तरी । प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सिरहा र महोत्तरी तथा सर्लाही र बाराबीच खेल हुँदैछ। प्रदेश २ का आठ जिल्लामध्ये पाँच जिल्लाका महिला खेलाडी प्रतिगितामा सहभागिता छन् ।प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठका अनुसार धनुषा, पर्सा र रौतहट बाहेकका खेलाडी सहभागिता छन् । उनले भने, तीन जिल्लाका खेलाडि सहभागी गराउन सकिएन । ती जिल्लामा महिला खेलाडि नै भेटिएनन् । राजविराजस्थित राजरंगशालामा शुरू भएको पहिलो दिनको खेलमा बारा र सिरहा विजयी भएका छन् । सिरहाले सप्तरीलाई ९० रनले पराजित गरेका थियो भने बाराले महोत्तरीलाई आठ विकेटले पराजित गरी विजय सुरुवात गरेको छ ।

पहिलो खेलमा टस जितेर सिरहाले निर्धारित १४ ओभरमा एक विकेट गुमाएर एक सय २८ रन बनाएको थियो । जसमा सिरहाका अनुराधा चौधरीले अविजित ५२ रन र आरती चौधरी ले ५१ रन बनाए । बलिङतर्फ सप्तरीका कुनै खेलाडीले विकेट हात पार्न सकेन। एक जना खेलाडी रन आउट भएका थिए । प्रतिउत्तरमा सप्तरी १२ ओभरमा सबै विकेट गुमाएर ३३ रनमै सिमित बनेको थियो ।

खेलमा सप्तरीकी सपना भुजेल १७ रन रहँदै अविजित बनिन । अन्य खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् । यो सँगै सिरहा ९५ रनले विजयी भएको छ । विजय टिमका अनुराधा चौधरी म्यान अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिए ।

यसैगरी, दोस्रो खेलमा महोत्तरीले टस जितेर ब्याटिङ्ग गर्दै निर्धारित १२ ओभरको खेलमा तीन विकेट गुमाई ८२ रन बनाएका थिए । जसमा गोमा आले ४० रन र रोजी खत्रीले १४ रन बनाएका थिए । बलिङ्गतर्फ बाराका वन्दना गुप्ता २ र निकी कुशवाहाले समान एक विकेट हात पारेका थिए । प्रतिउत्तरमा बाराले अन्तिम बलमा अलिसा यादवले चौका प्रहार गरेपछि सहज जित भएको थियोे । बाराका साना प्रवीणले उत्कृष्ट ब्याटिङ्ग गर्दै ३९ बलमा २८ रन बनाए । अलिसा यादव ५ रन अविजित रहेर खेलेकी थिइन्। बलिङ्गतर्फ महोत्तरीका रोजी खत्री र हेमा पटेलले १(१ विकेट हात पारेका थिए ।

खेलको म्यान अफ दि म्याच विजय टिमका साना प्रविण बनेको सप्तरी क्रिकेट संघका सचिव यादवले बताए । सो अवसरमा दुबै खेलका म्यान अफ दि म्याच खेलाडीलाई प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ र अन्तराष्ट्रिय खेलाडी महवुव आलमले कप प्रदान गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।