ताजा अपडेट »

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

मंगलबार, २१ मंसिर २०७८, १२ : ११
2 Shares

वाग्मती । कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।