ताजा अपडेट »

रुपन्देहीमा २५ हजार सदस्यलाई आवद्ध गर्ने अनेरास्ववियूको अभियान

मंगलबार, २१ मंसिर २०७८, ११ : ०३
2 Shares

बुटवल । सांगठनिक रुपमा कमजोर रहेका तराई क्षेत्रमा संगठन बिस्तार गर्ने अभियानस्वरुप नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सोमबारदेखि संगठन विस्तार तथा सदस्यता वितरण महाअभियान २०७८ सुरु गरेको छ ।

अनेरास्ववियु केन्द्रीय संगठन विभागले सुरु गरेको महाअभियान काठमाण्डौंमा त्रिचन्द्र क्याम्पसमा पार्टी महासचिव शंकर पोखरेलले शुभारम्भ गरेका थिए भने रुपन्देहीमा पार्टी केन्द्रीय सदस्य तथा संगठनका पूर्वअध्यक्ष खिमलाल भट्टराईले शुभारम्भ गरेको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले जानकारी दिए । तराई मधेस क्षेत्रबाट रुपन्देहीले पहिलोपटक अभियान शुरु गरेको उनको भनाई छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका-२ स्थित जोगडा माध्यमिक विद्यालयबाट महाअभियान सुरु गरिएको थियो । नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराईले अभियानको शुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै नेता भट्टराई तराई क्षेत्रमा अब विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन पहरेदार गर्न अनेरास्ववियु उदाएको बताए । अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बञ्चित भएको बताउँदै उनले शिक्षाको विकाससंगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले महाअभियान सुरु गरेको बताए ।

जोगडा माध्यमिक विद्यालयबाट सुरु भएको महाअभियान रुपन्देहीका क्याम्पस तथा माध्यमिक विद्यालयमा केन्द्रीत हुने र २५ हजार विद्यार्थी सदस्यता बनाउने गरी महाअभियानको सुरु गरिएको अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए । कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले सहरमा मात्र नभई गाउँगाउँमा अनेरास्ववियु विगुल फुक्न निस्केको बताए ।

नेकपा एमालेका लुम्बिनी प्रदेश कमिति सदस्य राजु बेलाल, अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेल, अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्यहरु बालकृष्ण पाण्डे, लेखनाथ भुसाल, केन्द्रीय सदस्यहरु नविन थापा सारु, कृष्णप्रसाद बस्याल, सिमा घिमिरे, साजन भण्डारी लगायतको उपस्थितीमा अभियान सुरु भएको घोषणा गरिएको थियो । महाअभियान सुरु गरिएको जोगडा माध्यमिक विद्यालयमा २ सय १० सदस्यीय संगठन विस्तार गरिएको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।