ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिग : रेन्बो ४७ रनले बिजय

शुक्रबार, ०१ कार्तिक २०७६, १२ : ४९
4 Shares

कार्तिक १,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको सातौं दिन अन्तर्गत शुक्रबारको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्ड्स ४७ रनले बिजय भएको छ । टस जितेर व्याटिङ गरेको रेन्बोले ६ बिकेटको क्षतिमा १४४ रन बनाएको थियो । १४५ रनको लक्ष्य पाएको बुटवल यूनाइटेट १४ दशमलब ३ बलमा ९७ रनमा समेटिएको थियो । जितसँगै रेन्वो सेमिफाइनलको बलियो दाबेदार बनेको छ । रेन्बो ज्ञानोदयले लिगमा खेलेका सबै खेलमा जित निकालेको छ । । यसैबिच आजको दोस्रो खेलमा सियारी राइनोज र रोयल शंकरनगर बीच हुने आयोजक संस्था तिलोत्तमा क्रिकेट विकास समितिका प्रेस सल्लाहकार बाबुराम गैरेले बताए ।

प्रदेश स्तरको सबैभन्दा ठूूलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्ने प्रतियोगिताका संयोजक दिपक भुर्तेलले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।