ताजा अपडेट »

रुपन्देही उद्योग संघको महासचिबमा काफ्ले निर्वाचीत

शुक्रबार, ०१ कार्तिक २०७६, १२ : १८
4 Shares

कार्तिक १,
बुटवल । रुपन्देही उद्योग संघको बिहिबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । संघको महासचिवमा लोकतान्त्रिक प्यानलका जिवकान्त काफ्ले निर्वाचीत भएका छन् ।काफ्लेले ३५९ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्धन्दी शिव कुमार पाठकले ३३९ मत प्राप्त गरेका थिए । कोषध्यक्षमा भने बामपन्थी प्यानलका हरि बहादुर खत्री बिजयी भएका छन् । खत्रीले ३८२ मत ल्याउदा उनका प्रतिद्धन्दी दिपक खनालले ३१४ मत प्राप्त गरेका थिए । सचिव पदमा ३९२ मतका साथ हिरामणी भट्टराई बिजयी भएका छन भने उनका प्रतिद्धन्दी चन्द्रकान्त खनालले ३०५ मत प्राप्त गरेका थिए ।

महिला सचिवमा माया खनाल १ मतको अन्तरले बिजयी भएकी छन् । खनालले ३४७ मत ल्याउदा उनका प्रतिद्धन्दी रेनुका खरेल झिनोे ३४६ ल्याएकी थिईन् ।त्यसैगरी सह कोषध्यक्षमा गिरीराज गैरे निर्वाचीत भएका छन् । गैरेले ३५५ मत ल्याउदा उनका प्रतिद्धन्दी माधव रेग्मीले ३३६ मत प्राप्त गरे । संघको महिला सदस्यहरुमा मञ्जु भुसाल,रमा पौडेल पराजुली निर्वाचीत भएका छन् । सिनपा क्षेत्र सदस्यमा यादव गैरे निर्वाचीत भएका छन भने योगिकुटी–पडसरी क्षेत्रबाट ऋषिराम भण्डारी र बिशाल बेल्बासे निर्वाचीत भएका छन् ।

त्यसैगरी पश्चिम क्षेत्र सदस्यमा यमलाल भट्टराई र खड्क बहादुर कुँवर निर्वाचीत भएका छन भने पूर्व क्षेत्र सदस्यमा रमेशचन्द्र रेग्मी निर्वाचीत भएका छन् ।यसैगरी खुल्ला सदस्य तर्फ सरला भण्डारी,माधव प्रसाद नेपाल,सुरेन्द्र ज्ञवाली,सन्दिप सापकोटा,नारायण पाठक,युवराज आचार्य, प्रेम बहादुर आले,लाल बहादुर थापा,बसन्त ढकाल निर्वाचीत भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा बाबुराम बोहोरा, वरिष्ठ उपाध्यक्षमा माधव पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा, द्वितीय उपाध्यक्षमा कृष्ण पराजुली सहित ८ वटा भने र्निबिरोध निर्वाचित भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।