ताजा अपडेट »

बुटवल टेक्निकल कलेजमा विद्यार्थी संगठनको ६ बुँदे माग

सोमबार, २० मंसिर २०७८, १७ : ५३
4 Shares

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले बुटवल टेक्निकल कलेज प्रशासनलाई ६ बुँदे माग प्रस्तुत गरेको छ । कलेजले विभिन्न शिर्षकमा अतिरिक्त शुल्क लिएका, अनुमतिभन्दा फरक विषय अध्यापन गराइएको तथा विद्यार्थीलाई झुक्याउने काम भएको भन्दै विद्यार्थी संगठनले माग पत्र प्रस्तुत गरेको हो ।

अनेरास्ववियू क्रान्तिकारीले आफ्ना मागहरसहितको पत्र सोमबार कलेज प्रशासनलाई बुझाएको जनाएको छ । पत्रमा मेकानिकलमा भर्ना गरि सो विषय अध्यापन नै नगराई अन्य विषय अध्यापन गराइएकोले सो विषयको भना शुल्क फिर्ता गर्नुपर्ने, विभिन्न बहानामा परीक्षा, ड्रेस, पुस्तक लगायतमा मनपरि लिइएको शुल्क फिर्ता गर्नु पर्ने, विद्यार्थीलाई झुक्याएर भर्ना गर्त बन्द गर्नु पर्ने तथा मर्कामा परेका विद्यार्थीलाई क्षतिपूर्ति दिनु पर्ने माग गरिएको छ । यसैगरी अनुमति लिइएको कोष मात्र समयमै अध्यापन गराउनु पर्ने तथा अनुमति नै नलिइएको कार्यको प्रचारबाजी गरेर विद्यार्थी भर्ना गर्ने र विद्यार्थीलाई अनावश्यक बहाना बनाई फूलाउने काम बन्द गर्न भन्दै माग गरिएको छ ।

अनेरास्ववियू क्रान्तिकारीको टेक्निकल इकाई समितिका शिशिर पोखरेलको हस्ताक्षर रहेको माग पत्रमा विद्यार्थीलाई मानसिक टर्चर, डर तथा धम्की दिन बन्द गरियोस् भनि उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।