ताजा अपडेट »

स्वास्थ्य शिविर संचालनका लागि तिलोत्तमामा लायन्स नाइट हुने

शुक्रबार, ०१ कार्तिक २०७६, ११ : ५१
10 Shares

कार्तिक १,
बुटवल । लायन्स क्लवअफभलवारी सिटीले निशुल्क स्वास्थ्यशिविरका संचालनका गर्न रकम संकलनका लागि सांगितिक कार्यक्रम गर्ने भएको छ । मधुमेह र आँखारोग सम्बन्धि शिविर संचालनका लागिल क्लवले लायन्स नाईटको आयोजना गरेको हो । हिन्दुहरुको दोस्रो ठुलो चार्ड दिपावलीको अबसर पारेर कार्तिक ८ गते सो कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष शर्वणकुमार थापा खाम्चाले जानकारी दिए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ मंगलापुर स्थित बोधीविल्लामा हुने कार्यक्रममा नृत्य र गायनका बिभिन्न कलाकार र ब्याण्डहरुको प्रस्तुति रहने खाम्चाले जानकारी दिए । कार्यक्रममा गायिका एञ्जिला रेग्मी, अलिब्रदर्श, वाइल्ड रिपर्ज, नेपाल आइडलका अफ्सर अली र शाहीर अलि लगायतको प्रस्तुती रहने कार्यक्रमका सह संयोजक रेमन ढुंगानाले जानकारी दिए । साथै तिलोत्तमा डान्सिङ्ग स्टार शुसिला सिंजाली र अन्य स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने क्वलले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।