ताजा अपडेट »

“अब्दुल रहमान” जसले सूचनामा पहुँच सहज बनाए

सोमबार, २० मंसिर २०७८, १५ : ३४
4 Shares

भैरहवा । नेपाली कांग्रेसको १४ औं अधिवेशनको सिद्धार्थनगर नगरपालिकाको मत गणना भै रहदा झडप भएर कांग्रेसी कार्यकर्ता शैलेश पन्त घाईते भए । यस्तै बुटवल उपमहानगरमा पनि मतगणनाकै समयमा दिर्घ कुमार केसी पनि कुटपिटमा परे ।

कांग्रेसको मात्रै हैन प्राय सबै निर्वाचनमा मतगणनाकै समय वादविवाद हुने गरेको छ । कार्यकर्ताहरुमा मतपरिणाम जान्ने उत्सुकताको कारण पनि निर्वाचन समिति कतिपय स्थानमा आक्रोशको शिकार हुने भएको छ ।

नेपाली कांग्रेसको पनि पालिका स्तरको चुनावमा त्यस्तै असहजता देखियो । मतगणनाकै समयमा वादविवाद बढे पछि निर्वाचन समितिकै एक सदस्यले गजबको जुक्ति निकाले । उनले सामाजिक सञ्जालको प्रयोगबाट मतपरिणामलाई पत्रकार मात्र हैन कार्यकर्ता समेतको हातहातमै समयमै पु¥याई दिए । उनि हुन अब्दुल रहमान खाँन ।

क्षेत्रिय निर्वाचन अन्र्तगत रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन समितिमा रहेका उनले मतपरिणाम सार्वजनिक गर्न ह्वाट्सएपमा एउटा ग्रुप बनाए । सुरुमा केही पत्रकार र कार्यकर्ता जोडिएर बनाएको ग्रुपमा उनले मतपरिणाम सार्वजनिक गरे । यसले मतपरिणाम कुरेर बसेका पत्रकार एवम कार्यकर्तालाई सूचनाको पहुँचमा धेरै नै सहज पु¥यायो ।

प्रत्येक १ सय मत गणना हुदा सबैको हातहातमा नेपाली कांग्रेसको नतिजा पुग्न थालेपछि मतगणना स्थलमा भिडभाड कम हुन थाल्यो, यसले कार्यकर्ता बिच हुने बादविवाद पनि न्यून भयो । यसले निर्वाचन समितिको काम पनि सहज बन्यो ।

कम्प्युटरमा आधारभूत तालीम लिएका निमाबि तहका शिक्षक अब्दुल रहमानले यो सबै अनुभवकै आधारमा गरेको बताए । उनले माईक्रोसफ्ट्को एक्सेलबाट मत परिणाम र वर्डबाट अन्य सूचना बनाएर सम्प्रेषण गरेको ग्लोबल आवाजलाई बताए । “नगरको मतगणनामा विवाद भएको देखे पछि यो जुक्ति आयो ।” खाँनले भने “धेरै जसो विवाद मतगणनाको क्रममा मत परिणाम जान्ने उत्सुकताको कारण भएको पाएर सामाजिक सञ्जालको प्रयोग गर्ने मानसिकता बनाए ।”

तर यो त्यति सहज थिएन । “एक्सेलले नामहरु बर्णानुक्रम अनुसार नराख्ने भएको कारण यो झण्झटिलो हुने साथीहरुको भनाई थियो । तर यसको पनि विकल्प निकाले मनोनयन हुदा नै सबै नाम युनिकोडमै टाईप गरेर राखे । यसले पछि सहज बनायो ।” खानले भने

उनै खाँनको मद्दतले अहिले नेपाली कांग्रेसको मतपरिणाम थाहा पाउन सहज बन्यो । मतपरिणामहरु पूर्ण पमा टाईप हुन आउदा नै उनले ह्वाट्सएप ग्रुपमा राखिदिने भएकोले घोषणा हुनु पूर्व नै त्यो सबैको हातहातमा पुगिरहेको थियो । सुरुमा एउटा गु्रपबाट सुरु गरेको मतपरिणाम ग्रुपमा सिमित संख्या राख्न मात्र मिल्ने भएको कारण ३ वटा सम्म बनाउनु परेको खाँनको भनाई छ ।

नेपाली कांग्रेसको सिद्धार्थनगर नगर पालिका वडा नम्बर ५ को मतदान अधिकृत, क्षेत्र नम्बर ४(क) हुदै क्षेत्र नम्बर ४ को पनि उनले निर्वाचन सम्पन्न गराए । सोही क्रममा क्षेत्र नम्बर ३ मा विवाद हुदा निर्वाचन समितिले उनको आवश्यकता महशुश गरि यहा पनि काममा खटाएको थियो । क्षेत्रिय निर्वाचन पनि सकाएका खाँन त्यसपछि जिल्लाको निर्वाचन हुदै प्रदेशको निर्वाचन सम्म सोही प्रक्रियाबाट सूचनामा सहज पहुँच पु¥याए ।

खाँनले यो सबै निर्वाचन समितिको सहयोगले तयार गरेको बताउछन् । उनले निर्वाचन समितिले विश्वास गरे मत परिणाम सार्वजनिक गर्न दिएकोले सबैलाई सुचित गर्न सकेको बताए । नेपाली कांग्रेस मात्र हैन आवश्यक परे अन्य पार्टी र संगठनलाई पनि उनले यसरी नै सेवा दिने बताउछन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा