ताजा अपडेट »

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा स्तनपान कक्ष

सोमबार, २० मंसिर २०७८, १४ : ३४
6 Shares

रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा सेवा लिन आएका स्तनपान गराउने महिलाहरुलाई सुरक्षित स्थान दिलाउन कार्यलय परिसरमा स्तनपान कक्ष स्थापना गरिएको छ।

युनाइटेड मिसन टू नेपाल रुकुम पूर्व क्लस्टर को सहयोग र जिल्ला प्रसासन कार्यालय रुकुम पूर्वको समन्वयमा यसको स्थापना भएको हो । नेपाल सरकार को प्राबधान मा प्रत्यक सेवा प्रबाह गर्ने कार्यालय मा यस्तो कक्षको स्थापना हुनु पर्ने हो । यसै बमोजिम स्थापना भएको स्तनपान कक्षले प्रसासन कार्यलय रुकुम पूर्व मा आउने स्तनपान गराउने महिलाहरुको लागि सुरक्षित् वातारण निर्माण भएको विश्वास गरिएको छ ।

प्राय स्तनपान गर्ने कक्षको आवश्यकता को महसुसनै गर्न नसकेको र निर्माण गरिएको स्थानमा पनि ब्यबस्थित नहुने अवस्थामा यहा भने सम्पूर्ण आवश्यक कुराहरु मध्यनजर गरि ब्यबस्थित कक्ष निर्माण गरिएको हो । उक्त कक्षमा एक थान राम्रो बच्चालाइ सुताउन मिल्ने बिस्तारा, कोठामा जानकारी मुलक ब्यानर अनि बाहिर हात मुख धुने पानि धारा को ब्यबस्था गरिएको छ ।

प्रशासन कार्यालय मा यस्तो किसिमको सुबिधा युक्त कक्षको स्थापना ले अरु कार्यालयहरुमा पनि बिस्तारै निर्माण हुने अपेक्षा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।