ताजा अपडेट »

पेट्रोलियम पाइपलाइनबाट एक महिनामा १० करोड बचत

शुक्रबार, ०१ कार्तिक २०७६, ११ : ४१
6 Shares

कार्तिक १,
काठमाडौँ । पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याउँदा एक महिनामा ढुवानी भाडावापत १० करोड रुपैयाँ बचत भएको छ । मोतिहारी–अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट पछिल्लो एक महिनाको अवधिमा झन्डै ५ करोड लिटर डिजेल आयात भएको छ । सो परिमाणमा डिजेल आयात गर्दा १० करोड रुपैयाँ बचत भएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जानकारी दिएको छ ।

गत भदौ २४ देखि सञ्चालनमा आएको पाइपलाइनबाट एक महिनाको अवधिमा ४ करोड ६० लाख ७७ हजार लिटर डिजेल आयात भएको अमलेखगन्ज कार्यालयले जानकारी दिएको छ । प्रतिघन्टामा१ सय ७० लिटरका दरले पाइपलाइनबाट डिजेल आयात भएको अमलेखगन्ज कार्यलयका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिएको छ । पाइपलाइनबाट डिजेल ल्याउँदा एक महिनाको अवधिमा १० करोड रुपैयाँ बचत भएको यादवले जानकारी दिए । पछिल्लो एक महिनायता रक्सोलदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनबाट डिजेल भित्रिएको छ ।
सुरुमा दैनिक १२ देखि १५ घन्टा सञ्चालन भएको पाइपलाइन अहिले २४ घन्टा नै सञ्चालनमा आएको छ । दैनिक २४ घन्टा पाइपलाइनबाट डिजेल आउन थालेपछि पर्याप्तमात्रामा भन्डारण रहेको निगमले जानकारी दिएको छ । पाइपलाइनबाट डिजेल आउन थालेपछि बजारमा आपूर्ति व्यवस्था सहज भएको निगमले जानकारी दिएको छ ।

यादवका अनुसार पाइपलाइनबाट आयात भएको डिजेल भैरहवा, पोखरा, थानकोट, धादिङ, विराटनगरलगायत डिपोमा मागअनुसार ट्यांकरबाट ढुवानी गरेर पु¥याइएको छ । पाइपलाइनबाट डिजेल आउन थालेपछि भारतीय आयल कर्पाेरेशनको बरौनी, बैतालपुर, मुगलसराई, गोडालगायतका रिफाइनरीबाट डिजेल आयात गर्न बन्द गरिएको निगमले जनाएको छ ।
पाइपलाइनबाट आएको डिजेल सुरक्षित एवं पूर्ण परिमाण र गुणस्तरमा आइरहेको निगमले जानकारी दिएको छ । पाइपलाइनबाट डिजेल आउन थालेपछि त्यस रुटमा तेल बोक्ने ्यया्रकर अहिले स्थानीय रुटमा सञ्चालन गरिएको छ । यसअघि रक्सोलदेखि अमलेखगन्जसम्म १ सय ६० ट्याङ्कर चल्दै आएका थिए । पाइपलाइनबाट आएको डिजेल सुरक्षित एवं पूर्ण परिमाण र गुणस्तरमा आइरहेको निगमको भनाइ छ । पाइपलाइनबाट डिजेल आयात हुन थालेपछि वार्षिक १ अर्ब रुपैयाँ बराबरको ढुवानी खर्च कटौती भएको निगमको दाबी छ ।

पाइपलाइनबाटआयात हुने डिजेलले देशभरको ८० प्रतिशत माग धानिरहेको छ । मुलुकमा डिजेलको खपत सबैभन्दा धेरै हुने गर्छ । बढ्दो सवारी साधनको प्रयोगसँगै विकास निर्माणका काम तीव्ररूपमा अगाडि बढेकाले पनि डिजेलको खपत बर्सेनि बढ्दै गएको निगमको भनाइ छ ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ६९.२ किलोमिटर दूरी रहेका छ । भारतको २ अर्ब र निगमको ७५ करोड भारु लागतमा सम्पन्न सो परियोजना सम्पन्न भएको हो । पाइपलाइनबाट तेल ल्याउँदा ढुवानीबापतको २ अर्ब रुपैयाँ बचत हुने निगमको भनाइ छ । पाइपलाइनबाट तेल ढुवानी गर्दा ढुवानी रकम बचतका साथै वातावरण प्रदूषण कम हुने र इन्धनको आपूर्तिमा सहज हुन्छ । - करोबार

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।