ताजा अपडेट »

रुपन्देही देवदहको एक कलर हाउसमा आगलागी, ५० लाख बढीको क्षति

सोमबार, २० मंसिर २०७८, ०९ : ३१
6 Shares

बुटवल । रुपन्देहीको एक कलर हाउसमा आगलागी भएको छ । देवदह नगरपालिका- १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा सोमबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।विद्युत सर्ट भैइ आगलागी भएको प्रहरी प्रवक्ता पौडेलले बताए ।

देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पुर्ण नियन्त्रणमा आएको उनले बताए । क्षेतिको विवरण आउन बाकी रहेको प्रहरी प्रवक्ता पौडेलले बताए । सप्लायर्सका संचालक यज्ञ प्रसाद अर्यालले भने ५० लाख बढीको क्षति भएको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।