ताजा अपडेट »

हिमवर्षाले ३ करोडको क्षति, विद्युत र संचार सम्पर्क विच्छेद हुँदा जनजीवन कष्टकर

मंगलबार, १५ माघ २०७५, १७ : ०१
6 Shares

कमल पौडेल
माघ १५,
बागलुङ । बडिगाड गाउँपालिका, गाउँ कार्यपालिकाको ४३ औं वैठक पालिका सभाहल ग्वालीचौरमा सम्पन्न भएको छ। वैठकले वडा नं. १, ३, ४ र ८ वडालाई मकै पकेट तथा वडा नं. २, ५, ६ र ७ लाई तरकारी पकेट क्षेत्र तोकी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ। वैठकले पशु तथा कृषिको कार्यक्रम संचालनको लागि वार्षिक खाका स्वीकृत गरेको छ।

त्यस्तै वैठकले मुस्लिम, महिला तथा वालवालिका लक्षित कार्यक्रम को प्रस्ताव स्वीकृत गर्ने, बडिगाडका गौरवका संभावित योजना छनौटको लागि वडा वडामा वहस चलाउने, विभिन्न योजनाहरुको शिर्षकान्तर गर्ने लगाएतको निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभएको छ। सुवेदीका अनुसार अत्याधिक हिम वर्षाको कारण भएको विद्युतिय क्षतीको पूर्तिको लागि प्रदेश तथा संघ सरकारमा सहयोग मागगर्ने लगाएतका कार्यपालिकाले निर्णय गरेको छ। बैठक गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीको संचालनमा सम्पन्न भएको थियो।


शुक्रवार राति देखि परेको हिमवर्षाले बडिगाड गाउँपालिकामा झण्डै ३ करोड वढिको क्षतिभएको अनुमान गरिएको छ। हिमवर्षाले विद्युत पोल तथा तारहरु भाँचिएको तथा चुँडिएर नष्ट भएको वडा नं. ४ का अध्यक्ष प्रेम गलामीले वताउनु भएको छ। हिमवर्षाले बडिगाड गाउँपालिकाको वडा नं. ४, ५, ८, ९ र १० वडामा वढि क्षती भएको र वाँकि वडाहरु १, २, ३, ५, ६, ७, मा कम क्षती भएको गाउँपालिकाले जनाएको छ। विद्युत अवरुद्ध भए संगै वडिगाड गाउँपालिका वडा नं. ४ को जलजला, वडा नं. ५ को सिमाक, वडा नं. ८ रणसिंह किटेनी, वडा नं. १० दर्लिङमा संचार सम्पर्क विच्छेद भएको छ। वडा नं. १० का अध्यक्ष विरेन्द्र वुढाका अनुसार मोवाइलका टावरले पनि काम नगरेको र विद्युत पनि नहुँदा निकै समस्या भएको वताउनु भएको छ। हिम वर्षाले १०० किलोवाट क्षमताको चाचलघाट लघुजलविद्युत आयोजना जलजला, र ४३ किलोवाट दर्लिङखोला लघु जलविद्युत परियोजना दर्लिङको पोल र तार पूर्ण क्षति गरेको छ। विद्युत र संचार विच्छेद भएसंग जनजिवन कष्टकर वन्दै गएको छ।

जनजिवन सहजताको लागी गाउँपालिकाको तर्फवाट अन्य आयोजनाका केहि पोलहरु तत्काल पठाउने र केहि काठका पोलहरु प्रयोग गरी वैकल्पिक रुपमा विद्युत संचालन गर्न आवश्यक पहल थालेको वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले वताउनु भएको छ। पछि स्रोत भर्ने गरि समस्या समाधान गर्न आवश्यक काम कार्यवाहि अगाडि वढाउने अध्यक्ष पाइजाले वताउनु भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।