ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिग : बुटवललाई १४५ रनको चूनौती

शुक्रबार, ०१ कार्तिक २०७६, १० : ३९
10 Shares

कार्तिक १ ,
ग्लोबल आवाज

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको सातौं दिन अन्तर्गत आजको पहिलो खेल रेन्बो ज्ञानोदय गोल्ड्स र बुटवल युनाइटेड बीच हुँदैछ । प्रतिष्पर्धाका लागि रेन्बो गोल्डस्ले टस जितेर व्याटिङ गरिरहेको हो । सुरुवातदेखि नै लयमा रहेको रेन्बोले ६ विकेटको क्षतिमा सबै ओभर खेल्दै १४४ रनको योगफल तयार गरेको छ । हिजो मात्र पहिलो खेल जितेर आज दोस्रो खेलको सामना गरेको बुटवल यूनाइटेडले आज १४५ रनको चूनौतीको सामना गर्दैछ ।आजको दोस्रो खेल अन्तर्गत मध्यान्हमा सियारी राइनोज र रोयल शंकरनगर बीच हुने आयोजक संस्था तिलोत्तमा क्रिकेट विकास समितिका प्रेस सल्लाहकार बाबुराम गैरेले बताए ।

प्रदेश स्तरको सबैभन्दा ठूूलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्ने प्रतियोगिताका संयोजक दिपक भुर्तेलले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।