ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिगः बुटवल युनाइटेड र मणिग्राम किंगस् विजयी

विहीबार, ३० असोज २०७६, १७ : २६
76 Shares

ग्लोबल आवाज
असोज ३०,
तिलोत्तमा । संदिप रजालीको उत्कृष्ट ब्याटिङ्गले मणिग्राम किङ्स तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा जित निकालेको छ । सुपर ११ भैरहबा बिरुद्धको खेलमा सन्दिप एक्लैले ५१ बलमा नटआउट ६८ रनको योगदान गरेका थिए । यस अघि पहिले ब्याटिङ्ग गरेको सुपर ११ भैरहवाले ७ विकेटको क्षतीमा १ सय ३१ रन बनाएको थियो । १ सय ३२ रनको लक्ष्य मणिग्राम किंगस्ले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्ष्यतीमा पुरा गरेको थियो । प्रतियोगितामा मणिग्राम किंगस्का सन्दिप रजाली म्यान अफ द म्याच र दुर्गस गुप्ता मष्ट भ्यालुएवल प्लेयर बन्न सफ भए ।

यसैबिच विहिबारको पहिलो खेलमा बुटवल युुनाइटेड ६ विकेटले विजय भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी शाक्यानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रनमा समेटिएको थियो । १ सय ४७ रनको विजयी लक्ष्य पाएको बुटवल युनाइटेडले १४ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो । बुटवललाई जितका लागि कुशल मल्ल र प्रनित थापा मगरले समान ५८ रनको योगदान गरे । प्रनितले २१ बलमा नट आउट ५८ रन हानेका थिए भने कुशल मल्लले २५ बलमा ५८ रन हानेर पेभेलिएन फर्किए । बुटवलका लागि अन्य व्याट्स म्यानहरु इम्रान खानले १६ तथा म्रिनल गुरुङले १० को योगदान गरे । लुम्बिनी शाक्यानको तर्फबाट सरद भेषवाकरले ३ ओभरमा ३१ रन खर्चिएर २ विकेट लिएका थिए । पुरुषोत्तम भट्टराई र आलोक पाण्डेले समान १/एक विकेट लिएका थिए ।

यस अघि पहिले व्याटिङ गरेको लुम्बिनीका लागि सरद भेषवाकरले ३९ बलको सामना गर्दै सर्वा्धिक ४७ रन, विशाल खत्रीको २९ रन प्रदिप जैशवालको २२ तथा अनुपम सिंहको १५ रन बाहेक अन्यले दोहोरो अंक बटुल्न सकेनन् । महेश मिश्र र महेद्धिन हुसेनले समान ६ रन बनाए भने अमर मिश्र ३ रनमा समेटिए । बलिङतर्फ बुटवल यूनाइटेडका कुशल मल्लले सर्वाधिक ३ विकेट लिन सफल भए । उनले ४ ओभर खेल्दै १ मेडन लिए भने २९ रन खर्चिएका थिए । बुटवलका लागि सुसान भारी, मैहुद्धीन खानले समान १ विकेट लिएका थिए । प्रदेश स्तरको सबैभन्दा ठूूलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।