ताजा अपडेट »

कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी

शुक्रबार, १७ मंसिर २०७८, १६ : ५१
4 Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो । शुक्रबार उम्मेदवारी दर्ता गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका छ । सबै प्रदेशमा प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको छ ।

कांग्रेस बाग्मती प्रदेश सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा संस्थापन पक्ष शेरबहादुर देउवा समूहबाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । बानियाँ नेपाली कांग्रेसका बाग्मती प्रदेश संसदीय दलका नेतासमेत हुन् । संस्थापन पक्षबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ  र निरु खड्का उम्मेद्वार रहनेछन् । 

पौडेल-कोइराला समूहबाट जगदीश्वरनरसिंह केसीले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । संस्थापन इतर पक्षबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल, कचनचन्द्र बादे उम्मेदवार बन्ने भएका छन् । सहमहामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरे उम्मेदवार बन्ने भएका छन् । 

सिटौला समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।