५ माघ २०७८, बुधबार

Jan 19, 2022

बुटवल । औधोगिक नगरी बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगीकुटी चोकमा डिपार्टमेण्टल स्टोर सञ्चालनमा आउँदैछ । शिव शिखर सहकारी संस्था लिमिटेडले गार्डेन मार्ट डिमार्टमेण्ट स्टोर सञ्चालनमा ल्याउन लागेको हो । डडेलधुराबाट शुभाम्भ भएको डिपार्टमेण्टल १५ औं स्टोरको रुपमा बुटवलमा सञ्चालन हुन लागेको स्टोरको शनिबार एक समारोहका बीच समुद्घाटन कार्यक्रम रहेको सहकारीका महाप्रबन्धक लिलानाथ गौतमले बताए ।

Advertisement

६ करोड भन्दा बढी लागतमा सञ्चालनमा आउँदै गरेको स्टोरमा अत्यावश्यक खाद्यान्नदेखि कस्मेटिक्स, इलोक्ट्रोनिक्स,फेन्सी, बालबालिकाका सामग्री तथा खेलकूद सामग्री लगाएत दैनिक जीवनमा आवश्यक सम्पूर्ण सामग्रीहरु उपलब्ध रहेको महाप्रबन्धक गौतमले जनाए ।

काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको सहकारीले उत्पादन, व्यवसाय र रोजगारलाई प्रर्द्धन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा व्यवसायिक मार्टहरु सञ्चालन गर्दै आएको र यसै क्रममा रुपन्देहीको बुटवलमा पनि डिपार्टमेण्टल स्टोर सञ्चालनको लागि तयारीका साथ शुभारम्भ गर्न लागेको महाप्रवन्धक गौतमले जनाए । उनका अनुसार हालसम्म देशका विभिन्न स्थानमा १४ वटा स्टोर सञ्चालनमा आइसकेको र बुटवलपछि थप अन्य स्थानमा पनि सञ्चालनको लागि तयारी रहेको छ । बुटवलमा सञ्चालनमा आउँदै गरेको डिपार्टमेण्ट स्टोरमा ४२ जनाले रोजगार प्राप्त गरेको महाप्रबन्धक गौतमले जानकारी गराएका छन्।

त्यसैगरी डिपार्टमेण्टलका नायब मुख्य प्रबन्धक रमेश खाइजुले एउटै छानामुनी सबै सामानहरु सहज र शुपथ मुल्यमा उपलब्ध गराउनुका साथै विकट ठाउँमा भएका उत्पादनलाई बिक्री र प्रर्द्धन गर्ने उद्देश्यले स्टोर स्थापना गरिएको बताए । साथै बढ्दो व्यस्त जीवनशैली भएको अवस्थामा एकै ठाउँबाट सबै सामान उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै स्वदेशी उत्पादनलाई ब्राण्ड बनाउने मुख्य उद्देश्य रहेको बताए।

स्टोरको शनिबार लुम्बिनी प्रदेश सरकारका शिक्षा ,विज्ञान, युवा तथा खेलकूद मन्त्री बसिउद्धिन खाँ र वन,वातावरण तथा भू–संरक्षण मन्त्री र सुरेन्द्र बहादुर हमाल औपचारिक शुभारम्भ गर्नेछन् । त्यसैगरी शिवशंकर शहकारीको रुपन्देही शाखा पनि सोही समारोहमा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी र तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे लगाएतले औपचारिक रुपमा समुद्घाटन गर्ने महाप्रवन्धक गौतमले बताए ।

औपचारिक सुरुवातको पूर्वसन्ध्यामा स्टोरले बिहीबार सांस्कृतिक कार्यक्रमको गरेको थियो । त्यसैगरी शुभारम्भको अवसरमा विभिन्न किसिमका सामग्रीहरुमा २ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट रहेको उनले जनाए ।

प्रतिकृया दिनुहोस्

Flash News

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’- आजदेखि माघ महिनाभर के गर्न पाइन्छ, के-के पाइँदैन ? क्षितिज लोहनी जसले प्रतिष्ठित एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरेका छन् रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन