५ माघ २०७८, बुधबार

Jan 19, 2022

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा बिहीबार बिहानदेखि हिमपात र वर्षा भएसँगै हवाई यातायात बन्द हुन पुगेको छ ।

खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएपछि सिमकोटमा दैनिक उपाभोग्य वस्तु भित्रिएको छैन् । दुई दिन लगातार सिमकोटमा पानी परिरहेका कारण हवाई सेवा अवरुद्ध हुनुका साथै खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री ढुवान हुन नसकेको हो । यस्तै जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने जिल्ला बाहिर नेपालगञ्जबाट हुम्ला पुग्ने यात्रु उतै रोकिएका हुन् ।

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न समस्या बनाएको छ । सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा बिहीबारदेखि निरन्तर पानी परिरहेको छ भने उत्तरी हुम्लामा हिमपात भइरहेको छ । मौसममा फेरबदल आउँदा सिमकोटमा चिसो बढेको हो । चिसोका कारण कमै मात्र सेवाग्राही सेवा लिन आएको सनलाइफ इन्सोरेन्सका कर्मचारी धनबहादुर भण्डारीले बताए । हिमपात र वर्षाका कारण यस वर्ष हुम्लामा चिसो अत्यधिक बढेको छ । उत्तरी हुम्लामा हिमपातले विकास निर्माणका कार्यसमेत प्रभावित भएका छन् । हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बाढीपीडितका लागि कर्णाली प्रदेशद्वारा १२ करोड निकासा विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विद्युत् पूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित बुटवलमा मोटरसाइकलको ठक्करबाट माइक्रो बसका सह-चालक गम्भीर घाइते काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’- आजदेखि माघ महिनाभर के गर्न पाइन्छ, के-के पाइँदैन ? क्षितिज लोहनी जसले प्रतिष्ठित एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरेका छन् रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ !