ताजा अपडेट »

काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता

शुक्रबार, १७ मंसिर २०७८, १५ : ४७
6 Shares

भैरहवा । नेपाली कांग्रेसको १४ औं अभिवेशन अन्र्तगत लुम्बिनी प्रदेशका लागी रुपन्देहीका भरत कुमार शाह र रुकुमका अमर सिंह पुन बिच नेतृत्वको लागी भिडन्त हुने भएको छ । यी दुवै जनाले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन् ।

लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट सभापतिमा उम्मेदवारी दिने भरत कुमार शाह रुपन्देहीको क्षेत्र नम्बर ५ का नेता हुन् । संविधान सभा सदस्यको निर्वाचनमा ठूलो मतान्तर सहित विजयी शाह बलियो उम्मेदवारको रुपमा रहेका छन् । पौडेल पक्षबाट उम्मेदवारी दिएका रोल्पाका अमर पुन रोल्पाका पूर्व जिल्ला सभापति हुन् । साथै प्रदेश सभापतिमा दुवै पक्षका उम्मेदवार दुवैजना पूर्व राज्यमन्त्री पनि हुन् ।

जिल्लाको तहको निर्वाचन सम्पन्न हुँदा लुम्बिनी प्रदेशमा रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ । तर दुवै पक्षले आफु बलियो भएको दाबी गर्दै आएका छन् । भरत कुमार शाहको प्यानलमा २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिएबा छन् । यस्तै महामन्त्रीमा पनि २ पदको लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी परेको छ । सह– महामन्त्रीमा १ महिला सहित ३ पदको लागि रुपन्देहीकि सरिता चौधरी बाकेकि माया पुन र बाकेकै लक्ष्मी नारायण शाहले उम्मेदवारी मनोनयन पत्र पेश गरेका छन् ।

यस्तै पुनको प्यानलबाट उप–सभापति पदका लागी गुल्मीका भुवन प्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठकले उम्मेदवारी दिएका छन् । महामन्त्री पदको लागी पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । सह–महामन्त्रीका लागी प्युठानकी निमा गिरी, अर्घाखाँचीका विष्णु खनाल (मुसकान) र दाङका खगराज पान्डेयले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा तारा प्रसाद फुल्लेलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन।

उम्मेदवारी दिएका उम्मेदवारहरुले प्रचार प्रसार तिव्र बनाएका छन् । सभापतिका उम्मेदवार अमर सिंह पुनले सबै जातजाती र भुगोल समेटेर पार्टीलाई शशक्त बनाउन तथा पार्टीलाई मजबुद बनाउन एवम सबै तहका चुनाव जित्ने गरि पार्टीलाई शशक्त बनाउन आफुले उम्मेदवारी दिएको बताए । यता भरत कुमार शाहले पनि मतदाताले आफै मूल्यांकन गरेर प्रतिनिधिहरुले आफलाई मत दिने दावी गरेका छन् । उनले आफुले पार्टीको लागी गरेको कामको मूल्यांकनको आधारमा आफु विजयी हुने बताए ।

एउटै पार्टीबाट गुट बनाएर उम्मेदवारी दिए पनि मतदाताहरुले यसलाई स्वाभाविक भएको बताएका छन् । महाधिवेशनको क्रममा मात्र गुट देखिने र यस यसले कांग्रेसलाई अझै मजबुद बनाउने उनिहरुको जिकिर रहेको छ । सबग्र कार्यकर्तालाई गुट उपगुट नभनि सबैलाई संगै लैजाने उम्मेदवारलाई भोट दिने बताएका छन् । नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत भोलि बिहान ८ बजे देखि मनोनयनको कार्यक्रम रहेको छ । प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सह-महामन्त्री गरि ८ जना पदाधिकारीमा चयन हुनेछन् ।

यस्तै प्रत्यक्ष सदस्य तर्फ जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिला सहित २४ जना र खुल्लामा ५ महिला सहित १७ जना चयन हुनेछ्न । समावेशी सदस्यमा खस आर्य तर्फ ४ महिला सहित ८ जना, आदिवासी जनजातीमा २ महिला सहित ५ जना, मधेशीमा २ महिला सहित ४ जना, दलितमा २ महिला सहित ४ जना, थारु २ महिला सहित ४ जना, मुस्लिम १ महिला सहित २ जना र अल्पसंख्यक वा अपाङ्ग मध्ये १ जना गरि जम्मा ६९ जनाको कार्यसमिति रहनेछन् ।

लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरि १ हजार ६ सय ४८ जना प्रतिनिधिहरु रहेका छन् । अहिले मनोनयन प्रक्रिया जारी रहेको छ । निर्वाचन समितिले कार्यतालिका संशोधन गरि दिउसो ४ बजे सम्मको लागी मनोनयन समय बढाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।