ताजा अपडेट »

पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु

शुक्रबार, १७ मंसिर २०७८, १५ : ४१
6 Shares

कपिलवस्तु । खाल्डोमा जमेको पानिमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका–५ प्रेमनगरस्थित बिबिएस इँटाभट्टामा काम गर्ने कैलाली जोशिपुर गाउँपालिका(१ पिपरकोटी घर भएका प्रबिन कुमार दंगौडाकी डेढ वर्षीया छोरी आकृती दंगौडाको डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा सोही इँटाभट्टा नजिक पानी जम्मा गर्ने खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।