ताजा अपडेट »

४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ

शुक्रबार, १७ मंसिर २०७८, १५ : ३८
6 Shares

काठमाडौं । रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका(५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २७ वर्षीय राम बहादुर खत्री र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने कास्की लेखनाथ घर भएका ४० वर्षीय गंगा बहादुर पुन रहेका छन् । रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त तेल सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।