ताजा अपडेट »

कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु

शुक्रबार, १७ मंसिर २०७८, १४ : ५५
6 Shares

नयाँ दिल्ली । उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भारतको राजधानी दिल्लीको बाहिरी भागमा रहेको गुरुग्राम जिल्लाको साधराना गाउँ नजिकै उक्त दुर्घटना भएको हो ।

सेक्टर ८४ स्थित जेनेसिस अस्पतालका ६ जना कर्मचारी अस्पताल फर्किंदै गर्दा स्थानीय समय अनुसार बिहान १ बजे दुर्घटना भएको हो । हरसरु–साधराना सडकमा तीब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई इँटामा ठोक्किएर सडक छेउमा पल्टिएको स्थानीय अखबार द ट्रिब्यूनले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ । घाइते कर्मचारीलाई अस्पताल भर्ना गरिएको छ ।

अखबारकाअनुसार पीडितहरू आफ्ना सहकर्मीको विवाह समारोहमा भाग लिएर अस्पताल जाँदै थिए। मृतकहरु विभिन्न राज्यका रहेको पत्रिकाले जनाएको छ । हामीले शवलाई शवगृहमा राखेका छौं र परिवारलाई जानकारी गराएका छौं। हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौं,ू प्रहरी अधिकारी राकेश कुमारलाई उद्धृत गर्दै अखबारले लेखेको छ । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।