ताजा अपडेट »

वायु प्रदुषणः अनिश्चितकाल विद्यालय बन्द, कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

शुक्रबार, १७ मंसिर २०७८, १० : ५५
6 Shares

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी समेत रहेको नयाँ दिल्लीमा वायु प्रदुषण उत्कर्षमा पुगेपछि पुनः विद्यालय बन्द गरिने भएको छ ।आजैदेखि लागू हुने गरी दिल्लीका वातावरण मन्त्री गोपाल रायले विद्यालय बन्दको घोषणा गर्नुभएको हो । अर्को सूचना जारी नभएसम्मका लागि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको मन्त्री रायले हिजो जानकारी दिए ।

दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त खराब र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको बताइएको छ । विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदुषण झन् झन् बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् । सरकारले कर्मचारीहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ ।

सवारी साधनमा हिडडुल गर्दा वायु प्रदुषण बढ्ने र बाहिर हिड्दा वायु प्रदुषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिड्नु वा पैदल हिड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका दिल्लीका विद्यालयहरू अहिले फेरि वायु प्रदुषणका कारण बन्द गर्नु परेको छ । दिल्ली सरकारले गत नोभेम्बर २९ मा मात्रै दिल्लीका विद्यालयहरू पुनः सञ्चालनमा ल्याएको थियो ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।