ताजा अपडेट »

कालीगण्डकी तिनाउ डाइभर्सनको काम अगाडि बढेको छ : पौडेल

विहीबार, ३० असोज २०७६, १५ : १७
10 Shares

असोज ३०,
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारले छिमेकीसंग सम्बन्ध बढाएको बताएका छन् । नेपाल– भारत बीचको समबन्ध राम्रो भएको उल्लेख गर्दै चीनसंको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडी बढाएको दावी गरे । रुपन्देही उद्योग संघको ४१ औं साधारण सभा तथा २१ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पौडेलले नेपाल र नेपालीको हितमा सरकारले छिमिकीहरुसंग सम्बन्ध बढाएको बताए । उनले नेपालको विकासमा चीन र भारतको दह्रो साथ, समर्थन रहेको बताए ।

चीनसंगको सम्बन्धले बुटवलको बिकासमा सहयोग पुराउने बताए । नीजी क्षेत्रसंग सहकार्य गरेर सरकारले आर्थिक विकास गर्न चाहेको उल्लेख गर्दै नीजि क्षेत्रका समस्याप्रति सरकार गम्भीर रहेको बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले उद्योगी व्यवसायिका समस्या समाधान गर्नका लागि सरकार र जनप्रतिनिधि लागि पर्ने प्रतिवद्वता जनाए । उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन लगानी बढाउन नीजि क्षेत्रलाई सरकारले अभिपे्रत गर्ने बताए । सरकारले नीजि क्षेत्रलाई आत्मविश्वास बढाउने बताउंदै उद्योगी व्यवसायिलाई ढुक्क भएर लगानी बढाउन आग्रह गरे । सरकारले आर्थिक विकास गर्न चाहेको बताउंदै रुपन्देहीलाई व्यवस्थित औद्योगिक क्षेत्रको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सहयोग गर्ने प्रतिवद्वता जनाए । रुपन्देहीको विकासका लागि बजेटको अभाव हुन नदिने दावी गर्दै रुपन्देहीलाई देशको नमुनाको रुपमा विकास गरिने बताए । महासचिव पौडेलले बिकासको लागि बजेट विनियोजन गरेर मात्र नहुने उल्लेख गर्दै विकास निर्माणका काम भएका छन्की छैनन् भन्ने विषयमा सबैको ध्यान जान जरुरी रहेको बताए ।

बुटवलका १९ वटै वडामा सुद्व खानेपानी पुराउनु पर्ने र त्यसका लागि आबश्यक पर्ने बजेट आफुले प्रबन्ध गर्ने प्रतिबता जनाए । उनले बुटवल– पाल्पाको सिद्वाबाबाको सडकमा सुरुङमार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै यो आर्थिक बर्षमा सुरुङ मार्गको काम सुरुहुने बताए । कालीगण्डकी तीनाउ डाइभर्सन परियोजना डिपिआर निर्माणको काम भैरहेको बताउंदै प्रदेश प्रदेशबीच हुने बिबाद तथा समस्या समाधान गरिने बताए । रुपन्देही उदोग संघको पहलमा सञ्चालन भएको गौतमबुद्व मुटु अस्पताल सबैका लागि पे्ररणाको श्रोत बनेको उल्लेख गर्दै अस्पताललाई फराकिलो ठाउंमा व्यबस्थापनका लागि सहयोग गर्ने प्रतिबद्वता जनाए ।

उनले अस्पताललाई आवश्यक पर्ने श्रोत जुटाउन सहयोग गर्ने बताउंदै तिलोत्तमा नगरपालिकाले दिएको जग्गाको उचित रुपमा व्यवस्थापन गर्न आग्रह गरे । बुटवलको तीनाउ र दानव नदीको किनारबाट करिडोर निर्माणका लागि सरकारले ४५ करोड बिनियोजन गरेको जानकारी गराए । महासचिव पौडेलले सरकारले बुटवल गैडाकोट र बुटवल कर्णालीको बाटो स्तरबृद्वि गर्ने बताए । प्रदेश नम्बर पांचका मन्त्री बैजनाथ चौधरीले पांच नम्बर प्रदेशमा लगानीमैत्री बाताबरण बनेको बताए ।उनले प्रदेश सरकार नीीज क्षेत्रसंग सहकार्यका लागि तयार रहेको बताए । उनले प्रदेश पांचको स्थायी राजधानी र राजधानकिो नाम नाममकरण नभएकाले काम गर्दा केही समस्या आएको उल्लेख गर्दै यस बिषयमा केन्द्रिय सरकारको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।