ताजा अपडेट »

न्यायकालागि नवमी थारुको अपिल

मंगलबार, १५ माघ २०७५, १५ : ०२
8 Shares

भूमाफियासँग मिलेर उपमहानगर र प्रहरीले घर भत्काएको आरोप

माघ १५,
बुटवल । बुटवल उपमहानगरपालिका, प्रहरी र भूूमाफिया मिलेर आफ्नो घर भत्काई दिएको भन्दै एक महिलाले न्यायका लागि सञ्चारकर्मी समक्ष अपिल गरेका गरेकी छन् । साविक मोतिपुर १ हाल बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगञ्ज निवासी ५९ बर्षिया नवमी थारुले न्यायका लागि अपिल गरेकी हुन् ।


आफ्नो बाबु स्व.घुराही थारुको करिब ८ बिगाहा जग्गा बिभिन्न किसिमले किर्ते र जालसाजी गरि कब्जा गरेका भुमाफियाले बिगत लामो समयदेखि घर भत्काई दिने धम्कि दिदै आएको उनले बताईन । गत आईतबार बिहान करिब १० बजेतिर स्थानिय भूूमाफिया, प्रहरी र नगरपालिकाको गाडी सहित आएको संयुक्त टोलीले एकाएक घर भत्काई दिएको उनको गुनासो छ । भूूमाफियाहरुको प्रलोभनमा परेर नगरपालिका, स्थानीय वडा कार्यालय र प्रहरीले दिउसो आफ्नो घर भत्काई दिएर आफूूमाथि अन्याय गरेको उनको आरोप छ ।


नगरपालिकाले घर भत्काउनु भन्दा तिनदिन अघि बुटवल घर बताउने कुमार थापाले सो जग्गा आफ्नो मान्छेको भएको भन्दै घर खाली गरिदिनु अन्यथा भत्काईदिने चेतावनी दिएर गएको उनले संचारकर्मी समक्ष जानकारी दिइन् । अदालतमा चलिरहेको अवस्थामा अदालतको आदेश बिना घर भत्काउने अधिकार कसैलाई नभएको भन्दै उनले नगरपालिकालाई घर भत्काउने अधिकार कस्ले दियो ? भनि प्रश्न गरिन् ।


अदालतमा मुद्धा चलिरहेको उक्त बिवादित जग्गामा भुमाफियालाई उपमहानगरपालिकाले पक्कि घर बनाउन अनुमति दिने तर आफु बर्षौदेखि जोतभोग र बसोबास गर्दै आएको घर भत्काई दिएर नगरपालिकाले अन्याय गरेको उनले बताइन् । उक्त जग्गामा २००४ सालदेखि आफुहरुको जोतभोग गर्दै आएको भन्दै आफुसँग जोतभोगको प्रमाण पत्र समेत थारुले देखाईन । आफुसँग जोतभोग प्रमाण पत्र रहेकै अवस्थामा भुमाफियाहरुले किर्ते जालसाजी गरेर उनिहरुले आफ्नो नाममा बनाएको भन्ने थाहा पाएपछि आफुले रुपन्देही जिल्ला अदालतमा मुद्दा दिएको उनले जानकारी दिइन । यसअघि सो ठाउमा आफुसँग खरिद गरेर बनाएका एक दर्जनबढि घरहरु समेत भूूमाफियाहरुले र नगरपालिकाले जवरजस्ती गरि भत्काइदिएको स्थानीय कल्लु थारुले बताए । सो सम्बन्धमा स्थानिय प्रहरी प्रशासन, नगरपालीका लगाएतका ठाँउमा हारगुहार गर्दा सबैले बेवास्ता गरेको पनि उनले बताए ।


आफूूहरुको घरटहरा भत्काईदिने बिरुद्ध कानुनी कार्बाही र क्षतिपुर्तिका लागि आफूूहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि सुनुवाई नहुँदा आफुहरु अन्यायमा परेको भुमाफिया पीडित स्व. घुराही थारुकी छोरी नवमी थारुले बताइन् । पटक पटक स्थानियमाथि सांघातिक आक्रमण गर्ने, घर भत्काइदिने, आगो लगाउने, बिभिन्न खालका धम्की दिने लगाएतका कार्यहरु भैरहँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको मुकदर्शक बनेको स्थानीय पशुपति शर्माको गुनासो छ ।


अदालतमा मुद्धा चलिरहेको अवस्थामा भु–माफियाहरुको प्रभावमा परेर गत मंसिर २० गते बुटवल उपमहानगरपालिकाबाट गएको नगर प्रहरी र केही भुमाफियाहरुले बुटवल–१७ रानीगन्जमा रहेको नवमी थारुको जग्गामा बनेका एक दर्जन बढी घर टहरा भत्काइदिएको घटनामा प्रहरी प्रशासनले बेवास्ता गरेकै कारण आफुहरु पीडित बनेका,े बुटवल नगरपालिकाले गैरकानूनी रुपमा घर भत्काइ दिएपछि आफुहरुको बिचल्ली भएको को स्थानीयहरुको दाबी छ ।


तत्कालिन स्थानिय जोताहा किसान स्व. घुराही थारुको नाममा रहेको उक्त जग्गा निजको मृत्युुपछि स्थानिय भूूमाफियाहरुले किर्ते जालसाजी गरि नक्कली लालपुर्जा बनाई बिक्रि बितरण गरेका थिए । नगर प्रहरी सहित आएका वडा अध्यक्ष सन्तबहादुर रानाको नेतृत्वमा चिन्तामणी पाण्डे, हरिलाल न्यौपाने, ढुण्डीराज भण्डारी लगाएतका स्थानियभु माफियाद्वारा भाडाका गुण्डाहरुको समेत प्रयोग गरेर गत मंसिर २० गते स्थानियका घर टहरामाथि आक्रमण गरि भत्काइएको थियो भने गत सोमबार राती आगजनी पनि गरेको पीडित नवमी थारुले बताईन् ।


निमुखा किसान परिवारमाथि सबै तिरबाट अन्याय भएकोले अन्तिम न्यायका लागि पत्रकार समक्ष आएको भन्दै नवमी थारु लगाएतका स्थानियहरुले न्याय दिलाईदिन आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।