ताजा अपडेट »

अपरेशन गर्दा टाउकोमा चोट लागेका नवजात शिशुको मृत्यु

विहीबार, ३० असोज २०७६, १४ : २२
4 Shares

असोज ३०,
बुटवल । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर प्रस्तुति गराउने क्रममा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको छ । गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको पेटमा रहेको ७ महिनाको बच्चा डाक्टरलेय यही भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा नवजात शिशुको टाउको काटिएको प्रहरीले जनाएको छ ।

त्यसपछि तीन वटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुको बिहीबार मृत्यु भएको हो भने सुत्केरी आमाको त्यही अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा पाल्पाको प्रभास स्थित प्रहरी चौकीले अनुसन्धान गरिरहेको गरिरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।