ताजा अपडेट »

वैज्ञानिक भन्छन्, राेबटले यसरी बच्चा जन्माउन सक्छ

विहीबार, १६ मंसिर २०७८, १० : ५३
6 Shares

न्युयाेर्क । वैज्ञानिकहरुले पहिलाे जीवित राेबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेकाे पहिलाे जीवित राेबट सेनाेबाेट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, राेबटकाे उत्पादन बाेटविरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुकाे भनाई छ । हालै गरिएकाे एक अध्ययनमा उनीहरुले यस्ताे निस्कर्ष निकालेका हुन् ।

अफ्रिकाकाे एउटा भ्यागुताे सेनाेपाेस लेभिसबाट सृजना गरिएका सेनाेबाेट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् । प्रयाेगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएकाे थियाे । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीकाे वायस इन्स्टिच्युट फर बायाेलाेजिकल्लीका इन्जिनियरहरुले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाकाे प्रजनन् विकास गरेकाे दाबी गरेका छन् । 

'अ‌ाविश्कारबाट हामी अचम्म परेका छाैं',टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् । 'भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउछन् । तर, उनीहरुकाे बाँकी भ्रुणबाट काेषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छाेडिदिने हाे भने उनीहरु नयाँ ढ‌ंगले  हिँडडुल गर्ने मात्र हाेइन, नयँ तरिकाले प्रजनन् समेत गर्छन् ।' उनी भन्छन् । 

राेबाेट कि जीव ?

स्टिम सेल अनिश्चत काेष हुन् जसकाे विभिन्न प्रकारकाे काेषमा विकसित हुने क्षमता रहन्छ । सेनाेबाेट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुताेकाे भ्रुणकाे जीवित स्टिम काेषलाई नष्ट गरेर अन्डा निश्काशनका लागि छाेडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएकाे थिएन् । 

'अधिकांशले याे साेच्छन् कि राेबट धातु र माटाेबाट बनेका हुन् । राेबट केबाट बन्छ भन्ने विषय गाैण हाे । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हाे । ' प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जाेश बाेनगार्ड भन्छन् , 'बाहिरी रुपमा याे राेबट नै हाे तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुताेकाे काेषाबाट वंशानुगत रुपमा बनाइएकाे जीव हाे । 'करिव तीन हजार काेषबाट बनाइएका सुरुमा गाेलाकार देखिएका सेनाेबाेट्स नक्कल गर्न सकिने बाेनगार्ड बताउँछन् । तर, याे दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनकाे भनाई छ ।

सेनाेबाेट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बाैद्धिकताकाे सहयाेगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अ‍ाकारमा ल्याइएकाे थियाे । त्याे अ‍ाकार सन् १९८० काे भिडियाे गेम प्याक मेनसँग मिल्दथ्याे । याे अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।