१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

असोज ३०,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको छैठौं दिन अन्तर्गत विहिबारको पहिलो खेलमा बुटवल युुनाइटेड ६ विकेटले विजय भएको छल । टस जितेर पहिले ब्याटिङ रोजेको लुुम्बिनी शाक्यानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रनमा समेटिएको थियो । १ सय ४७ रनको विजयी लक्ष्य पाएको बुटवल युनाइटेडले १४ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो ।

बुटवललाई जितका लागि कुशल मल्ल र प्रनित थापा मगरले समान ५८ रनको योगदान गरे । प्रनितले २१ बलमा नट आउट ५८ रन हानेका थिए भने कुशल मल्लले २५ बलमा ५८ रन हानेर पेभेलिएन फर्किए । बुटवलका लागि अन्य व्याट्स म्यानहरु इम्रान खानले १६ तथा म्रिनल गुरुङले १० को योगदान गरे । लुम्बिनी शाक्यानको तर्फबाट सरद भेषवाकरले ३ ओभरमा ३१ रन खर्चिएर २ विकेट लिएका थिए । पुरुषोत्तम भट्टराई र आलोक पाण्डेले समान १÷एक विकेट लिएका थिए ।
यस अघि पहिले व्याटिङ गरेको लुम्बिनीका लागि सरद भेषवाकरले ३९ बलको सामना गद सर्वाधिक ४७ रन, विशाल खत्रीको २९ रन प्रदिप जैशवालको २२ तथा अनुपम सिंहको १५ रन बाहेक अन्यले दोहोरो अंक बटुल्न सकेनन् । महेश मिश्र र महेद्धिन हुसेनले समान ६ रन बनाए भने अमर मिश्र ३ रनमा समेटिए ।

बलिङतर्फ बुटवल यूनाइटेडका कुशल मल्लले सर्वाधिक ३ विकेट लिन सफल भए । उनले ४ ओभर खेल्दै १ मेडन लिए भने २९ रन खर्चिएका थिए । बुटवलका लागि सुसान भारी, मैहुद्धीन खानले समान १ विकेट लिएका थिए । प्रदेश स्तरको सबैभन्दा ठूूलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ । प्रतियोगिता अन्तरग आजको दोस्रो खेलमा मणिग्राम किङ्स् र सुपर इलाभेन भैरहवा प्रतिस्पर्धा गरिहेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग