ताजा अपडेट »

तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

बुधबार, १५ मंसिर २०७८, २२ : १५
4 Shares

बुटवल । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा तिनाउ गाउँपालिका वडा नं २ को दुर्गम बस्ती हरियाली गाउँमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको अभियान चलिरहँदा गाउँपालिका अध्यक्ष दमयन्ती र वार्ड नं. २ की महिला तथा कार्यपालिका सदस्य रितु श्रेष्ठ,गाउँपालिकाका प्रवक्ता तथा वार्ड नं. २ का अध्यक्ष राजेश श्रेष्ठ लगाएत सो स्थानमा पुगेर महिलाको सामाजिक तथा आर्थिक अवस्था बारे अवलोकन तथा छलफल गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले विगतका बर्षहरुमा भन्दा फरक शैली तरिकाबाट दुर्गम गाउँ बस्तिहरुमा पुगेर महिलाहरुको वास्तविक समस्या र हिंसामा परेका छन या छैनन् बुझ्ने र छलफल गर्ने सोँचका साथ हाम्रो टोली यसरी नै सबै वडामा पुग्ने बताइन् ।

कार्यक्रममा प्रवक्ता तथा वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठले १६ दिने यो अभियानबाट पनि महिला हिंसा घट्नमा सहयोग पुर्याउने बताउँदै घरबाटै हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नाराले पनि सबैलाई सचेत बनाएको बताए।
कार्यक्रममा लक्षित सञ्जाल र विशेष महिला तथा बालबालिका फाँट प्रमुख विमला महत र महिला समन्वय समिति संयोजक दुर्गा भण्डारीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा मधु जैसी,खगेन्द्र खड्का,छविलाल केसीले शुभकामना र कार्यपालिका सदस्य मिनासरा लम्तरीले स्वागत मन्तब्य राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।