ताजा अपडेट »

अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण

बुधबार, १५ मंसिर २०७८, २० : ४८
3 Shares

जुम्ला । अपाङ्गता भएका व्यक्तिका सवाल उठान गर्न अनुरोध गर्दै पत्रकारलाई कलम वितरण गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले डिसेम्बर ३ मा परेको ३०औं अन्तर्राष्ट्रिय अपाङ्गता  दिवस अवसरमा पत्रकारहरूलाई कलम वितरण गरिएको हो । 

'हाम्रो प्राथमिकताको आधार अपाङ्गता भयका व्यक्तिको अधिकार' भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता  दिवस भव्यताका मनाइँदै छ । अपाङ्गता भएका व्यक्तिलाई कोरोनाले पारेको प्रभावका विषयमा कलम चलाउनु पर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले बताए  ।

संघीयतापछि अपाङ्गता भएका व्यक्ति उपेक्षामा गरेको उनले बताए । अध्यक्ष शर्माले राजनीतिक पहुचको आधारमा  सपाङ्गता भएका व्यक्तिले समेत  अपाङ्गता भएका व्यक्तिको सेवा सुविधा लिने गरेको दुखेसो गरे । 

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कर्णालीमा मात्रै कूल जनसंख्याको ४ प्रतिशत नागरिक अपाङ्गता  भएको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।