ताजा अपडेट »

एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल

बुधबार, १५ मंसिर २०७८, २० : २९
4 Shares

बुटवल । नेकपा (एकिकृत समाजवादी) रुपन्देहीले आगामि २५ गते जिल्ला पार्टी कार्यालय उद्घाटन तथा बृहत प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बुटवल सुख्खानगरमा रहेको पार्टी कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । पार्टी कार्यालय उद्घाटनपछि हुने जिल्ला स्तरीय बृहत प्रशिक्षणलाई अध्यक्ष नेपालले सम्बोधन गर्ने नेकपा –एस० रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए ।

पार्टी रुपन्देहीको बुधबार बसेको बैठकले पार्टी कार्यालय उद्घाटन तथा बृहत प्रशिक्षणलाई भव्य रुपमा सफल बनाउने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका केन्द्रीय सल्लाहाकार रामचन्द्र भट्टराईले जननेता मदन भण्डारीलाई सम्मान गर्नेहरु माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा आउनुपर्ने बताए । उनले केपि ओलीले नेपालको कम्यूनिष्ट आन्दोलनलाई व्यक्तिवादी र विर्सजनमा लगेकाले अब एकिकृत समाजवादी नै कम्यूनिष्ट केन्द्र हुने बताए ।

त्यसैगरि पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले एमालेको महाधिवेशनले विद्रोहको आवश्यकतालाई थप पुष्टि गरेको बताए । बैठकले जिल्ला भेला तथा प्रशिक्षण अघि विभिन्न जनवर्गिय संगठनहरुको भेला सम्पन्न गर्ने निर्णय गरेको छ । मंसिर १८ गते युवा संघ नेपाल, २० गते अखिल नेपाल महिला संघ समाजवादी, २१ गते नेपाल भूमिहिन सुकुम्बासी संगठनको जिल्ला भेला गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज सिद्धिचरण भट्टराईले जानकारी दिए ।

त्यसैगरि, मंसिर २५ गते हुने कार्यक्रममा प्रत्येक पालिकाबाट करिव २ हजार सहभागी गराउने गरि तयारी थाल्ने निर्णय भएको पार्टी सचिव अविराम विश्वकर्माले बताए । बैठकमा विभिन्न पालिकाका अध्यक्ष तथा विभिन्न जनवर्गिय संगठनहरुबाट रिर्पोटिङ भएको थियो । समाजवादीले मंसिर महिनाभित्र बाँकी पालिकाहरुमा समेत पार्टी कमिटि गठन गर्ने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।