५ माघ २०७८, बुधबार

Jan 19, 2022

काठमाडौं । दशरथ रंगशालामा ‘युथ एथ्लेटिक्स च्याम्पियनसिप–२०२१’ हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंसिर २० गतेका लागि तय दुई खेलको तालिका परिवर्तन गरेको छ ।

Advertisement

एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै २० मंसिर दशरथ रंगशालमा लागि तय खेल अन्य कार्यक्रम भएकाले मैदान उपलब्ध नहुने हुँदा समय परिवर्तन गरेको जनाएको छ । 

२० गते १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस तथा साँझ पौने ५ बजे हुने खेलमा जावलाखेल  युथ क्लब र मछिन्द्र फुटबल क्लब भिड्ने तालिका थियो । 

अब, दुवै खेल निर्धारित समय अनुसार नै दशरथ रंगशालामा २२ मंसिरमा आयोजना हुनेछ । ‘रंगशालामा सोही दिन एथ्लेटिक्सको खेल हुने कार्यक्रम रहेको छ । त्यसै कारणले लिग तालिका परिवर्तन गरेका हौं,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले न्युज कारखानासँग भने । 

उनले सो दुवै खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गर्न नमिल्ने भएकै कारण समेत लिग तालिका परिवर्तन गर्नु परेको बताए । एन्फाले मंगलबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको थियो । 

शुक्रबारबाट सुरु हुने तेस्रो चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिकृया दिनुहोस्

Flash News

क्षितिज लोहनी जसले प्रतिष्ठित एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरेका छन् रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक, सरकार भन्छ- लकडाउन हुन्न