ताजा अपडेट »

कानुनी जन–सरोकारका विषयमा छलफल

मंगलबार, १५ माघ २०७५, १५ : ४७
12 Shares


माघ १५
सैनामैना । कानुुनी समस्यालाई सकारात्मक र लाभदायक बनाउने किसिमले कार्य सम्पादन गर्नुपर्ने नेपाल कानुन आयोगका उपाध्यक्ष भेषराज शर्माले बताउनुभएको छ । सैनामैना नगरपालिकामा मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितामा रहेका जनसरोकारका प्रमुख विषयहरु सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै उपाध्यक्ष शर्माले सो कुरा बताउनुभएको हो ।


उहाँले कानुनि प्रक्रियालाई व्यवहारमा उतार्न कठिनाई भईरहेको स्वीकार गर्दै वडा अथवा नगरमा आउने गरेका मुद्दाहरुलाई सरल र सहज ढंगले भुमिका निभाउनुपर्ने तर्फ जोड दिनुपर्ने बताउनुभयो । शर्माले परिमार्जन भएको कानुनका विषयमा प्रभावकारी ढंगले जनप्रतिनिधी सँगै आम नागरिकमा सचेतनाका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभयो ।


कानुनी नियम र विधिलाई आत्मसात् गरेर कार्यहरु सम्पादन गरिने सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बताउनुभयो । उहाँले नगरमा भएका समस्याहरुलाई सामाजिक मेलमिलाप,समन्वय समिती र अगुवा समाजसेवी मार्फत पनि मुद्धाहरु निरुपण गर्न विभिन्न समितीहरु गठन गरेर कार्यहरु भईरहेको जानकारी समेत गराउनुभयो ।

कार्कीले कानुन आयोग सँग कानुनका महत्वपुर्ण विषयमा छलपल गर्न पाउनु खुसीको कुरा रहेको बताउँदै कार्यक्रम प्रभावकारी र फलदायी रहेको जिकिर गर्नुभयो । नेपाल कानुन आयोगका सह सचिव राजेन्द्र थापाले कार्यहरु सम्पादन गर्दा कुनै जटिलता देखिए आफूू सहयोगकालागि तत्पर रहेको उल्लेख गर्नुभयो ।छलफल कार्यक्रममा सबिता भुसाल भण्डारी,ईश्वरी भण्डारी,बसन्त पाण्डे,पर्शुरामसापकोटा,मनकुमारी राई,सनिता के.सी लगायतले नागरिकता,सम्बन्ध बिच्छेद,सम्पति,बहुबिवाह,जन्म दर्ता,विवाह दर्ता लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

सैनामैना नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नेपाल कानुन आयोगका शाखा अधिकृत मनुका घिमीरे,शिवराज पौडेल,बहादुर महर्जन,सैनामैना उपमयेर बिना राना,नगर प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी,नगरका १ देखी ११ वटै वडाका जनप्रतिनिधी,संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । नेपाल कानुन आयोग नयाँ बानेश्वर काडमाण्डौको आयोजनामा सम्पन्न कार्यक्रमको संचालन आयोगका सचिव चिरञ्जिवी खनालले गर्नुभएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।