ताजा अपडेट »

मतदाता नामावली संकलन पालिकाबाटै गरिने

बुधबार, १५ मंसिर २०७८, १८ : २३
6 Shares

सिन्धुपाल्चोक । निर्वाचन कार्यालय सिन्धुपाल्चोकको मतदाता नामावली संकलन पालिकास्तरमै हुने भएको छ। निर्वाचन कार्यालयले १७ मंसिरदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको हो ।

चौतारामा जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले बुधबारआयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद गौतमले आफ्नो पालिकाबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताए ।

मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सम्बन्धित पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रसहित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने र बसाइ सरी आएका कोही भए बसाइ सराइको प्रमाणपत्र वा विवाह भइ आएको र सोही स्थानमा दर्ता गर्न चाहेमा विवाह दर्ताको प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने गौतमले बताए ।

दुई चरणमा मतदाता नामावली संकलन हुने भएको छ । पहिलो चरणमा  १७-२८ मंसिरमा १० दिनसम्म हुने भएको छ । जसमा जिल्लाका हेलम्बु, पाँचपोखरी थाङपाल,बलेफी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा सञ्चालन हुने छ भने दोस्रो चरणमा २८ मंसिरदेखि ८ पुससम्म जिल्लाको इन्द्रवती, जुगल, लिसंखुपाखर, सुनकोसी, भोटेकोसी गाउँपालिका र मेलम्ची नगरपालिकामा हुनेछ ।

मतदाता नामावली संकलन कार्यक्रम छुटेकाहरूलाई समेट्ने उद्देश्यले जिल्ला निर्वाचन आयोगले मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८, १७ मंसिरदेखि ८ पुससम्म दुई चरणमा सञ्चालन गर्ने भएको जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।