ताजा अपडेट »

भरुवा बन्दुकसहित एक जना पक्राउ

बुधबार, १५ मंसिर २०७८, १८ : १५
4 Shares

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–५ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारेका ५६ वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक जीवन कुमार गौतमले जानकारी दिए ।

प्रहरी निरीक्षक गौतमका अनुसार राईले विना लाइसेन्स भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा खमारे बाट पक्राउ गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले राईलाई मंगलबार पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका राईमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।