ताजा अपडेट »

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

बुधबार, १५ मंसिर २०७८, १७ : ३९

बुटवल । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १० हजार ९१९ र एन्टिजेन विधिबाट १ हजार ८०८ जनामा परिक्षण गर्दा ३१६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २१ हजार ६५१ र एन्टिजेनबाट ९५ हजार ५२९ जना पुगेको छ । यस्तै, नेपालमा आज थप २५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार १६८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५२९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।