ताजा अपडेट »

काँग्रेसको लुम्बिनी अधिवेशन: शाह र पुन मध्ये कस्ले मार्ला बाजी ?

बुधबार, १५ मंसिर २०७८, १५ : ०२
6 Shares

बुटवल । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत विहिबारदेखि लुम्बिनीसहितका सबै प्रदेशमा अधिवेशनको प्रक्रिया सुरु हुँदै छ । लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा हुँदै छ । वडादेखि सबै तहमा गुटगत प्रतिस्पर्धा गरी नेतृत्व चयन गरेको कांग्रेसमा प्रदेशको पहिलो अधिवेशन पनि समूहगत प्रतिस्पर्धा हुने भएको छ ।

लुम्बिनीमा जिल्ला र क्षेत्रमा बलियो स्थान बनाएका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट रोल्पाका निवर्तमान सभापति अम्मर पुन र सभापति शेरबहादुर देउवा पक्षबाट रूपन्देहीका नेता भरतकुमार शाह चुनावी मैदानमा उत्रिने निश्चित प्राय भएको छ । दुबै जना पूर्व राज्यमन्त्री हुन् । रूपन्देहीको ५ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य भरतकुमार शाह अहिले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भएपछि चर्चामा छन् । उनी ३ पटक रुपन्देहीबाट निर्वाचित भइसकेका छन् । उनी देउवा निकट नेता हुन् । यसैगरी रोल्पाका सबै स्थानीय तहमा सर्वसहम्मत आफ्ना पक्षका नेताहरुलाई नेतृत्वमा ल्याएका पुनः वरिष्ठ नेता पौडेल पक्षका हुन् ।

लुम्बिनीमा पौडेल पक्षको बलियो उपस्थिती देखिएकाले उनको सभापति हुने सम्भावा बलियो देखिएको छ । तर, गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र भएका कारण उनले आफू निकटका शाहलाई नै सभापति बनाउनका लागि अन्तिमसम्म प्रयत्नरत रहने नै छन् । प्रदेश अधिवेशनको संयोजक गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खाँणलाई बनाइएको छ । प्रत्येक जिल्लामा रहेका प्रतिनिधिसभा क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद पनि प्रदेश अधिवेशनका मतदाता हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।