५ माघ २०७८, बुधबार

Jan 19, 2022

अक्सफोर्ड । अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहार सम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मंगलबार घटना भएको हो । विद्यालयका १५ बर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका तीन जनाको मृत्यु भएको हो भने अरु आठ जना घाइते भएका हुन ।

गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेला बेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन् । घाइते भएका मध्ये एक जना शिक्षक रहेका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइते मध्ये छ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकहरुले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु भएका तीन जना मध्ये दुई जना छात्रा रहेका छन भने एक जना छात्र रहेका छन ।-रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बाढीपीडितका लागि कर्णाली प्रदेशद्वारा १२ करोड निकासा विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विद्युत् पूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित बुटवलमा मोटरसाइकलको ठक्करबाट माइक्रो बसका सह-चालक गम्भीर घाइते काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’- आजदेखि माघ महिनाभर के गर्न पाइन्छ, के-के पाइँदैन ? क्षितिज लोहनी जसले प्रतिष्ठित एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरेका छन् रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ !