ताजा अपडेट »

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

बुधबार, १५ मंसिर २०७८, १० : २३
4 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९६ पैसा र बिक्री दर १२० रुपैयाँ ५६ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९८ पैसा छ ।

युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३१ पैसा र बिक्री दर १६१ रुपैयाँ ११ पैसा कायम छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४७ पैसा र बिक्री दर ८५ रुपैयाँ ९० पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २८ पैसा रछ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३३ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।