१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

काठमाडौँ । नेपालमा एचआइभी एड्स सङ्क्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेको अध्ययनले देखाएको हो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित ‘नेपालमा एचआइभी र एड्सको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा १० वर्षको अन्तरमा सङ्क्रमण दर ६३ प्रतिशतले घटेको केन्द्रका निर्देशक डा. सुधा देवकोटाले जानकारी दिईन् । ‘असमानता हटाऔं एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ३४औँ विश्व एड्स दिवस भोलि मनाइँदै छ ।

Advertisement

यस्तै सन् २०१० मा २१५ जना बालबालिकामा सङ्क्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिमामा मात्र रहेको पाइएको छ । यस्तै सन् २०१० मा एड्सका कारणले एक हजार ४१३ जना मानिसको निधन हुने गरेकोमा त्यो सङ्ख्या सन् २०२० मा पुग्दा ६३६ जनामा झरेको छ ।

उनले सरकारले एचआइभी र एड्स नियन्त्रणमा चालेका उपायले सङ्क्रमण दर घटेको बताईन् । उनका अनुसार सन् २०१० मा दुई हजार ६१ जना नयाँ सङ्क्रमित पाइएकोमा सन् २०२० मा ७५४ जना मात्र पाइएको छ । नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले एचआइभीमा सङ्क्रमणमा नियन्त्रण भइरहेको छ ।

सरकारले एचआइभी सङ्क्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवद्र्धन, एचआइभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल (एआरभी) सेवा प्रदान गरिँदै आइरहेको छ । नेपालमा अहिले एचआइभी सङ्क्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आइरहेको छ । अहिले २० हजार ८८३ जनाले नियमित एआरभी सेवा औषधि सेवन गर्ने उनले बताए । यो सङ्ख्या कूल सङ्क्रमितको ६९ प्रतिशत हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले सन् २०२० को अन्त्यसम्म नेपालमा करिब ३० लाख ३०० सङ्क्रमित रहेको जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये ०.१३ प्रतिशत व्यस्कमा सङ्क्रमण रहेको छ । नेपालमा एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर ५ प्रतिशत भन्दाबढी र सामान्य जनसङ्ख्यामा एचआइभी सङ्क्रमण दर एक प्रतिशत भन्दा कम रहेको छ ।

यस्तै सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण रहेको पाइएको छ । यस्तै महिला यौनकर्मीमा २।२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत सङ्क्रमण पाइएको छ । सरकारले २०३० सम्ममा नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु दशैंमा किन घुम्ने कर्णाली ? जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य