२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सरकारको साथ रहने बताए । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा मन्त्री गुरुङ र प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको सम्मानमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले पोखरालाई विश्वमा चिनाउन म्याराथनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने, “प्रदेश सरकार पोखरा म्याराथन सफल बनाउन पूर्णरुपमा सहयोग गर्न तयार छ ।”

Advertisement

मन्त्री गुरुङले खेलकुद क्षेत्रको विकासका लागि नेपालका अग्रज खेलाडीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफूले प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई प्रदेशको खेलकुदको विकासमा लगाउन अग्रज खेलाडीहरुलाई आग्रह गरे । प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले अग्रज खेलाडीहरुको संस्थाबाट सम्मानित हुन पाउँदा आफूलाई निकै गौरव लागेको धारणा राखे । उनले भने, “पोखरा म्याराथनले पोखराको पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय भूमिका खेलेको छ ।” खेलकुद जीवनको सफलताका आधार रहेको बताउँदै उपाध्यक्ष गुरुङले यसले समाजमा खेलकुद संस्कृतिको जगेर्ना गर्नसमेत उल्लेख्य भूमिका निर्वाह गर्ने बताए ।

खेलकुदका सदस्यसचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले मञ्चले आफ्नो खेलकुद जीवनमा धेरै सिक्ने अवसर दिएको बताए । उनले पोखरा म्याराथन १६औँ संस्करणसम्म सफलतापूर्वक आउनुको पछाडि पोखरेलीहरुको निःस्वार्थ साथ र सहयोग रहेको उनको भनाइ थियो । उनले गण्डकी प्रदेशको राजधानी पोखरासँगै प्रदेशका ११ वटै जिल्लामा दौड आयोजनाका लागि प्रदेश खेलकुद परिषद्ले आफ्ना कार्यक्रम तय गरिसकेको र गण्डकी प्रदेशलाई दौडको प्रदेशका रुपमा परिचित गराउनेतर्फ परिषद् अघि बढेको बताए ।

उनले नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागि प्रदेश खेलकुदले विभिन्न कार्यक्रमहरु गर्ने तयारी गरिरहेको र त्यसको केही दिनमा नै घोषणा गर्ने जानकारी दिए । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले प्रदेशका युवा तथा खेलकुदमन्त्री गुरुङ र उपाध्यक्षलाई स्वागत तथा बधाई दिन पाउँदा निकै खुसी लागेको जनाउँदै १६औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीबारे जानकारी गराए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह