ताजा अपडेट »

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

मंगलबार, १४ मंसिर २०७८, १५ : ५६
6 Shares

काठमाडौं । घनश्याम भुसाल नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपाध्यक्षमा उम्मेदवारी दिएका भुसालले निर्वाचनमा पराजित भएका हुन् ।

उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्। शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन्। विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्।अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । तर, औपचारिक परिणाम केहीबेरमा सार्वजनिक हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।