१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

खोटाङ । खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीका खगेन्द्र राउत धार्मिक तथा पर्यटकीयस्थल भानुमतिको प्रचार प्रसार गर्ने उदेश्यले ११ दिन ध्यानमा बसेका छन् । आफू शिवभक्त भएकाे दाबी गर्दै उनी जन्तेढुंगा गाउँपालिका-५ चिसापानीस्थित सावाखोला किनारमा रहेको भानुमति मन्दिरमा ध्यानमा बसेका हुन् । भारतको काशीको झैं धार्मिक अस्तित्व बोकेको याे मन्दिर प्रचारप्रसार अभावमा ओझेल परेपछि उनी ६ मंसिरदेखि ध्यानमा बसेका हुन् । उनकाे ध्यान १७ मंसिरमा सकिँदै छ ।

Advertisement

सात वर्षदेखि अन्न नखाएकाे दाबी गर्ने राउतले यसअघि पाथीभरामा चार दिन, हलेसीमा तीन दिन तीन रात, बराहपोखरीमा १८ घण्टा ध्यानमा बसिसकेकाे बताएका छन् ।लिकुवापोखरीको लेगुवामा नाै रात नाै दिन गुफा बसेका उनी यसपटक भानुमतितर्फ सबैको ध्यान तान्न ध्यानमा बसेको स्थानीयले बताएका छन् । 

भानुमतिलाई भानुमति गंगा पनि भन्ने गरिन्छ । दक्षिणबाट उत्तरतर्फ बगेकाे खाेला भएकाले यस स्थानलाई उत्तर वाहिनी पनि भन्ने गरिन्छ । काशी पुग्न नसक्ने तिर्थयात्री भानुमतिमा पुगेर पूजाआजा गर्ने गरेको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्टले बताए । ‘काशीमा पुग्ने नेपालीलाई भारतीयले काशी त नेपालमै छ । किन यहाँ आएको भन्दा रहेछन्,’ विष्टले भने, ‘यत्तीको महत्वपूर्ण धार्मिकस्थल भए पनि भानुमति ओझेलमा छ । राज्यले यसलाई देखेको छैन ।’ 

पुरानो महादेवकाे मन्दिर मात्रै रहेको भानुमतिमा सभापति विष्टकै पहलमा पुरातत्व विभागबाट आर्थिक वर्ष २०७७/०७८ मा प्राप्त १९ लाखबाट नयाँ मन्दिर निर्माण गरिएको छ । सो मन्दिरमा पार्वती वा गणेशमध्ये एकको मुर्ति राख्ने तयारी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा दसैंको मुखमा नक्कली नोटको बिगबिगी रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ!